साइनो समाचादाता
विराटनगर । प्रदेश नं. १ मा कोरोना भाइरसको परीक्षण गरिएका शंकास्पद ६ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट आउन बाँकी छ ।
मंगलबारसम्म प्रदेशभरी ६ सय ५३ जनाको नमुना संकलन गरिएकोमा १२ जना बाहेसक सबै रिपोर्ट नेगेटिभ भएको हो । प्रदेशमा थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २ सय ५१ जनामध्ये २ सय ३९ जनाको पिसिआर मेशिसनमा परीक्षण नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश नम्बर १ कोबीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर प्रबिधि बाट कोरोनाको परीक्षण भइहरेको छ ।
यसैगरी मंगलबारसमम प्रदेशमा ४०२ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका सबै जिल्लामा क्वारेन्टाइनमा बसिरहेका र चैत महिनामा विदेशबाट आएकाहरुको आरडिटी बिधिबाट परीक्षण भइहरेको प्रदेश सरकारले जनाएको छ । मंगलबार मात्र आरटिडीबाट ४५ र पीसीआर प्रबिधिबाट १८ जनाको परीक्षण भएको छ ।
प्रदेशमा २५२ स्थानमा ४ हजार ४२१ वेडको क्वारेन्टाइन बनेको छ भने ५२ महिला र ४८६ पुरुष गरी ५३८ जना क्वारेन्टाइनमा बसिरहेका छन् । मंगलबार वारेन्टाइनबाट ५३ जना फिर्ता भएका छन् । ४ महिला र १५ पुरुष थपिएका हुन् । होम क्वारेन्टाइनमा ३ हजार ६ सय ८० जना बसिरहेका प्रदेश नम्बर १ मा ४९ अस्पतालमा ४ सय ४६ वटा आइसोलेशन बेड तयार परिएको छ । आइसोलेशनमा ४ महिला र ६ पुरुष रहेका छन् ।
















