दमकमा पनि आजदेखि कोरोना परिक्षण सुरू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दमकमा पनि आजदेखि कोरोना परिक्षण सुरू

दमक। झापाको दमकमा अवस्थित दमक अस्पतालमा आज आइतबार देखि र्यापिड डाइग्नोष्टिक टेस्ट विधिद्वारा कोरोनाको परिक्षण शुरु गरेको छ । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुको कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) परीक्षण शुरु भएको हो ।

किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल वा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने अस्पताल श्रोतले बताएको छ । नेपालमा कोराना भाइरस संक्रमण फेला परेको बिमान भएर नै विदेशबाट आएका दुइजनाको पनि आज किट मार्फत परीक्षण हुनेछ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसनर होम क्वारेन्टाइन तथा पहिला क्वारेन्टाइनमा बसेर घर गएर होम क्वारेन्टाइनमा बस्दै आएका बिदेशबाट फर्किका दमक वाड न।१, ५, ६, र ७ का बासिन्दाहरुबाट सुरु गरिएको छ । यसले स्थानीय स्तरमा कोरोना परीक्षणमा सहजता पैदा भएको र अब शंकाश्पद विरामीहरुलाइ पहिलो चरणको परीक्षण गर्न सहज आएको पनि बरालले जनाए । -हरप्रहर न्युज

सम्बन्धित खवर