५, ६ र १० नम्वर वडामा राहत वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

५, ६ र १० नम्वर वडामा राहत वितरण

साइनो समाचारदाता

पथरी । स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरी सवैको हातमा सेनिटाइजर लगाइदिएर मोरङको पथरी शनिश्चरे नगरपालिकाले मंगलबार वडा नम्वर ५, ६ र १० मा खाद्यान्न राहत वितरण गरेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो । वडा नम्वर ५ मा ५ सय ५९, ६ मा ५ सय ६९ र १० मा ५ सय ८२ जनालाई राहत वितरण गरिएको हो । २ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ । जसमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, १० नम्वर वडाध्यक्ष सागर राई, राजनीतिकर्मी चन्द्रकुमार राई, दुर्गाप्रसाद भट्टराई, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो । अव, वाँकी रहेको १ नम्बर वडामा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाइन् ।

यस अघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६ र ७ मा १ सय ४७, ८ मा २ सय २२ र ९ मा १ सय ८६ घर परिवारलाई राहत वितरण गरिएको छ

सम्बन्धित खवर