साइनो समाचारदाता
काठमाडौ । विशेषज्ञ चिकित्सकहरुको परामर्शमा नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको छ ।
सोमबार कोरोनाको ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरिएको हो । पार्टीको वेबसाईटमार्फत जारी वेब एपका विशेषता, उद्देश्य, चिकित्सकीय परामर्श एवं निर्माण टिम बारे जानकारी दिन प्रेस नोट प्रकाशित गरेको छ । घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण जो कसैले गर्न सक्ने, कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने एपको विशेषता रहेको छ । नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने, भौतिक रुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने उद्देश्यले एपको रहेको छ ।


















