बोइलर कुखुराले दाना पाएन्न, फार्मले बेच्नेठाउ भेटेन्न, ग्राहक मासु किन्न भैतारिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

बोइलर कुखुराले दाना पाएन्न, फार्मले बेच्नेठाउ भेटेन्न, ग्राहक मासु किन्न भैतारिए

साइनो समचारदाता पथरी/ लकडाउने गर्दा किसानले न दाना पाए न आफुसंग भएको कुखुरा बेच्न पाँए । फार्ममा कुखुरा दान खान नपाएर मर्न थाले बजार लाने अवस्था छैन ग्राहक माग गर्छन बेच्ने बातावरण छैन । बैंकबाट लोन लिएर पालेका कुखुरा २ देखि ४ केजि सम्मका छन । फार्ममा ७ सय बढि कुखुरा छन मारौँ कि पालौँ ? एक किषनको पिडा हो यो ।


उद्योग वाणिज्य संघलाई गुहार मागे अध्यक्षले भने लुकेर काटेर बेच्नु । बजारबाट बोइलरको माग आको आई छ । कोरोना भाइरसका कारण लागु गरिएको लकडाउनले मार्का परेको किसानहरुले बताए ।
मोरङ पथरी शनिश्चरे ५ का भिम प्रसाद गिरीले सधैं ३ हजार ३५ सय बोइलर कुखुरा पाल्ने गरेका छन । अन्य किसानमा भन्दा पनि यतिवेला बोइलर फार्म संचालकहरु बोइलर पाल्ने की मार्ने भन्ने अवस्थामा रहेको दुखेसो पोखीरहेका छन् । गिरीले फार्ममा २५ सय चल्ला लगाएका थिए ।
सामान्यतः ४० देखि ६० दिन भित्रमा कुखुरा बेचिसक्नुपर्ने गिरीको भनाइ छ । तर ६२ दिन वितिसक्दा पनि अझै ७ सय कुखुरा खोरमा नै छन् । जसो तसो १८ सय कुखुरा बेचेको भएपनि अझै ७ सय कुखुरा बाँकी रहँदा आफ्नो नाफाको त कुरै छाडौँ साउँ नै गुम्ने खतरा बढेको गिरीले सुनाउनुभयो । दैनिक २ बोरा (१ सय केजी) चारो खपत हुने गरेको छ । त्यो पनि ७ सय कुखुरालाई सास अढ्याउन मात्रै पुग्ने गिरीको भनाइ छ । बेचेर नाफा गोजीमा राख्ने बेलामा ६५ रुपैया केजीको चारो खुवाएर कुखुरा पाल्दा आर्थिक संङ्कट सुरुभएको गिरीको भनाई छ । अब तौल बढ्नुको सट्टा घट्न थाल्दछ । बजारमा २ सय रुपैया केजी बिक्ने कुखुरा थनक्याएर बस्नु परेको गिरीको दुखेसो छ ।

यस्तो संङ्कट यस अघि कहिले पनि भोग्नु नपरेको भिमका छोरा रमेश गिरीले बताए । बन्द भएता पनि चारो बन्द हुन्थ्यो त कहिले काँही समयमा कुखुरा बेच्न सकिन्न थ्यो तर अहिले न त चारो पाइन्छ न त बेच्न पाइन्छ । अब यो कुखुरा चारो खान नपाएर मरेभने कोरोना भन्दा खतरा दुर्गन्ध हुने डर गिरीले बताए ।
स्थानीय सरकारले खाद्यान्न र सागसब्जीलाई अत्यावश्यक भनेर प्राथमित्ता दिएको छ । २०६३ साल देखि निरन्तर बोइलर कुखुरा पाल्दै आएको रमेश गिरी माछामासु पनि उतिकै आवश्यक रहेको बताउछन । शरीरमा तागत र पोषणका लागि चाहिने मासुलाई बजार खुल्ला गर्नुको सट्टा बन्द गरेर कृषकलाई निरुसाहित गरेको गिरीको भनाई छ ।

गिरी परिवारले संचालन गरेको भोटेघुम्ती कृषि फर्ममा बोइलर मात्रै हैन बंगुर पनि रहेका छन् । बच्चा उत्पादनका लागि मात्रै पालिएका बंगुरबाट अहिले ५० वटा पठापाठी (भुनि, बुच्चा) रहेका छन् । ४० देखि ५० दिनको भएपछि बेच्नुपर्ने पाठा बेच्न नपाउदा दोहोरो घाटामा रहेको छोरा सुजन गिरीले बताए । ६ हजार रुपैया प्रतिगोटा बिक्ने पाठापाठीको माग बजार तिब्र रहेको तर ढुवानी गर्न नपाएको गिरीले बताए । पाठा बाहेक माउ, बिर गरेर अहिले ८५ वटा रहेका छन् । बंगुरमा मात्रै दैनिक २ बोरा (१ सय केजी) दाना सकिने गरेको छ । २ हजार ७ सय रुपैया प्रतिबोरा पर्ने दाना खुवाएर पाल्नुपर्ने बाध्यता रहेको गिरीको भनाइ छ । त्यो पनि बजार बन्दले गर्दा समस्या रहेको उनको भनाई छ ।
गिरीको जस्तै समस्या छ वडा नं. ३ की पूर्णमाया पोख्रेल, छविलाल अधिकारी र चिरन्जीवि बञ्जराको । पोख्रेल संग ३ सय कुखुरा छन भने अधिकारी र बन्जरा संग ३ सय र ५ सय कुखुरा छन । अहिले सम्म एउटा पनि बेच्न नपाएको गुनासो पोख्रेलले गरेकी छन । बेच्ने बेला भएका छन् तर खै कसरी बेच्ने चारोको समस्या एकातिर छ अर्का्तिर कुखुरा बिक्दैन दोहोरो मारमा परेको अधिकारी बताउछन । समयमा बजार नपाउने हो भने बोइलर कुखुरा त्यसै मर्न थाल्ने हुन्छ । लाखौँ लगानी गरेका किसानलाई बोइलर व्यावसाय निल्नु न ओकल्नु भएको बोइलर ब्यावसायी बन्जराको पिडा छ ।

पथरी शनिश्चरे ५ का रमेश कार्कीको पनि उस्तै समस्या छ । १८ देखि २० लाख लगानी गरेर कार्कीको हसन्दह बजारमा जय किसन पोल्टि सप्लायर्स खोलेका छन । कार्कीको मातहतमा वडा नं. ५ र ६ मा गरेर २४, २५ जना किसानले ५ हजार हारहारी बोइलर कुखुरा पालेका छन् । २४ लाख ७० हजार मुल्य बराबरका कुखुरा रहेका छन् कार्कीको सप्लार्यसबाट चल्ला र दाना दिने र कुखुरा बेच्ने समयमा उठाउने गरेको कार्कीले बताए । किसानको ३० प्रतिसत र सप्लायर्सको ७० प्रतिसत लगानीमा कुखुरा पाल्ने भएकाले किसान र सप्लायर्स दुवैलाई समस्या परेको कार्कीले गुनासो छ ।
‘‘कुखुरा उठाउने वातावरण बनाइ दिन वडा अध्यक्ष र नगर प्रमुख दिलिप कुमार राईलाई कुरा राख्दा उद्योग वाणिज्य संघका अध्यक्षलाई सम्पर्क गर्न भन्नुभयो । संघका अध्यक्ष दिपक बस्नेतलाई सम्पर्क गर्दा हसन्दहमा त्यति चेक हुँदैन त्यतै लुकेर काटेर घर घरमा डेलिभर गरेर बेच्नु भन्नुभयो । अब ५ हजार कुखुरा कहाँ लगेर काटेर बेच्नु ? कार्कीले पिडा सुनाए ।
बजारमा माछा मासुको अभाव, देश कोरोना संक्रमलले लकडाउन भएकाले नगरबासीले माछामासु खान नपाएको स्थानिय बताउछन ।

सम्बन्धित खवर