साइनो समाचारदाता
पथरी। भारतको दार्जेलिङबाट आफ्नो बाबु भेटन आएका ७३ वर्षीय जेष्ठ नागरिक हर्कसिंह जबेगु लिम्बू ६ दिन अघि देखि हराइरहेका छन ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ जबेगु हराएका हुन् । उनी पत्नी हर्कमाया लिम्बूसहित मोरङको पथरी शनिश्चरे नगरपालिका ३, सिर्जना टोलमा बस्ने १ सय ४ वर्षीय बाउ मेघध्वज जबेगुलाई भेटन आएका थिए । दार्जिलिङ सुम्बुकबाट चैत्र २ गते नेपाल आएका लिम्बू चैत १७ गते साँझ ५ बजे देखि हराएको बुहारी पृया लिम्बूले बताइन् ।दोकानमा समान किन्छु भनेर गएको हर्कसिंह अबेरसम्म घर नआएपछि सोही समयदेखि खोजी भइरहेको बुहारी पृयाले बताइन् । उनी दार्जिलिङमा पनि कहिले काहीँ घर छाड्ने गरेपनी आफै फिर्ने गरेको पत्नी लिम्बूले जानकारी दिइन् । कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारी साधन प्रशस्त प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको मदन राईले बताए । उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्र्याक, खरानी रंगको टि(सट, खैरो क्याप ९नाबुराम० र म्याजिक हाप जुत्ता लगाएर हिडेको बताइएको छ । उनको खोजिको लागि स्थानीयबासी लागिरहेका छन । भेटेर बुझाउने जो कोहि महानुभावहरुलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले पुरस्कार घोषणा गरेकी छन् । आफूलाई भेट्न आएको छोरा हराएपीछ १ सइ ४ वर्षीय बाबु दिनै रोइरहेका छन ।
















