मोरङ । जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीबाटै सर्बसाधारण असुरक्षित बन्दै गएका छन । मोरंगको पथरीशनिश्चरे ५ का एक युवाले बिना कारण प्रहरीको चरम यातना भोगेका छन ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जोगबहादुर धिमालको घर संगै घर भएका रोहन शाहले शुक्रबार साझ प्रहरीको कुटाई खाएका हुन । घरको माथिल्लो तलामा नेट चलाउँदै गरेको शाह लाई प्रहरी कार्यलय कुसेचौरीका ईन्चार्ज हरिलाल राजबंशीले कुटेका हुन । प्रत्येक हप्ता लाग्ने हाट बजार लगेको र लकडाउनको समयमा भएकाले प्रहरीले बजार उठाउदै गरेको भिडियो खिचेको भन्दै निर्घात कुटपिट र उठ बस गराएको बाबु विरेन्द्र शाहले बताए । घर माथि रहेको छोरालाई प्रहरीले माथी नै गएर जवरजस्ती बाटामा ल्याएर ५ सय पटक उठबस गर्न लाएको शाहले बताए ।
५ सय पटक उठबस गर्ने क्रममा १ सय चोटी उठबस गरे पछि भाइ ढलेको र असई राजबंशीले पाईपले पुर्न कुटेका पिडितका दाईले बताए । कुटपिट गरी प्रहरीले शाहलाई छोडेर हिँडेका थिए । राजबंशीको हाल पथरीशनिश्चरेको मोरङ हस्पिटलमा उपचार उपचार गराई घर फर्केका छन ।
सोही बिषयमा ईन्चार्ज राजबंशी सँग कुरा गर्दा उनले लकडाउन उल्लंघन गरेकोले सम्झाएको तर नकुटेको बताएका छन । यता ईलाका प्रहरी कार्यलय पथरीका डिएसपी दिलिप गिरीले कुटपिट गर्ने प्रहरीलाई बिभागीय कारबाहीको लागि जिल्लालाई जानकारी गराएको बताए ।

















