साइनो समाचारदाता
विराटनगर । सरकारलले लकडाउन गरेको १० दिनपछि १ नं. प्रदेशमा प्रतिनिधित्व गरिरहेका ५ वटा राजनैतिक दलहरुको सर्वदलीय बैठक बसेको छ ।
विहीबार बसेको बैठकले आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा ७ सदस्य सर्बदलीय समिति गठन गरेको छ । समितिमा नेकपाबाट संयोजक हिक्मत कार्की सँगै देवेन्द्र दाहाल, नेपाली कांग्रेसबाट राजिव कोइराला र डिक बहादुर चेम्जोङ, समाजवादी पार्टीबाट राज कुमार यादव, राप्रपाबाट राम थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालबाट अशोक चेम्जोङ् छन् । प्रदेश सरकारले सम्पूर्ण दल सम्मिलत सर्वदलीय समिति गठन गरि प्रभावकारी ढंगबाट राहत वितरणमा एकरुपता ल्याउने, सरकारले तोकेको लकडाउनसम्म जनताहरुलाई आफ्नो घरमै बस्न आग्रह गर्ने लगायतको कार्य समितिले गर्ने बताइएको छ । त्यसैगरी उद्योगी, व्यापारी, आम नागरिक लगायतबाट सहयोगको अपिल गर्ने र प्रभावकारी ढंगले चेकजाँच सुरक्षालगायतमा समेत सर्वदलीय समितिले अनुगन गर्ने बताइएको छ । सर्वदलीय समितिलाई जिल्ला, नगर÷गापा र वार्ड सम्म विस्तार गरि प्रभावकारी ढंगबाट काम संचालन गर्ने बताइको छ ।
















