
साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा सार्वजनिक स्थानहरुमा भाइरस नष्ट गर्न ब्लिचिङ औषधि छिट्ने काम विहीबारबाट सुरु गरिएको छ ।

तस्वीरः दिपेन्द्र तिम्सिना
नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा खटिएका छन् ।
















