वडा वडामा राहत व्यवस्थापन समितिहरु गठन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वडा वडामा राहत व्यवस्थापन समितिहरु गठन

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा कोरोना भाइरस जोखिम न्यूनिकरण एवम् राहत व्यवस्थापन समितिहरु गठन सम्पन्न भई राहत जुटाउने अभियान अघि बढेको छ ।

समितिले आफ्नो वडाको दैनिक ज्यालामजदुरी गर्नेहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि नगरमा राहतको सिफारिस गर्ने काम थालिएको छ । नगरमा नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ गठन भएपछि वडास्तरमा पनि समिति गठन भएको हो ।

वडा नम्वर १ मा वडाध्यक्ष बाबुराम एङदेनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । सर्वपक्षीय रुपमा गठित समितिका सदस्यमा, भीमकुमार राई, दुर्गाप्रसाद भट्टराई, राजेन्द्र बस्नेत र इलाका प्रहरी कार्यालय पथरीका असई जीतबहादुर गिरी रहेका छन् ।

२ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंको संयोजकत्वमा कार्यपालिका सदस्य अरुणा राई, वडा सदस्यहरु अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपाने तथा नेपाल कम्यूनिष्ट पार्टीबाट बालकृष्ण बुढाथोकी, नेपाली कांग्रेसबाट मनबहादुर पाठक र इलाका प्रहरी कार्यालयका सइ सोम लामिछाने रहेको समिति गठन भएको छ ।

३ नम्वर वडाध्यक्ष डम्बरबहादुर चम्जोङको संयोजकत्वमा कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्यहरु गिरीराज भट्टराई, देवीप्रसाद घिमिरे र फूलमाया दर्जी सदस्य रहेको समिति खडा गरिएको छ ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारी संयोजक रही ४ नम्वर वडामा ७ सदस्यीय समिति गठन भएको छ । सदस्य सचिवमा वडा सचिव ललिता लावती तथा सदस्यहरुमा, कुशेचौरी प्रहरी चौकी शनिश्चरेका इञ्चार्ज हरिनारायण राजवंशी, शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका इञ्चार्ज सुमन राई, रेडक्रसका तर्फबाट रामप्रसाद न्यौपाने, स्वास्थ्य चौकीका प्रतिनिधि र उद्योग वाणिज्य संघका तर्फबाट नरेन्द्र थापासहित ७ सदस्यीय समिति गठन भएको छ । समितिको सल्लाहकारमा नेकपाको तर्फबाट वडा संयोजक गंगा साँवा र नेपाली कांग्रेसको तर्फबाट नन्दबहादुर बस्नेतलाई चयन गरिएको छ ।

५ नम्वरमा वडाध्यक्ष जोगबहादुर धिमालको संयोजकत्वमा वडा सदस्यहरु चेतेन्द्र खड्का, रेवत वस्नेत, जानुका तिम्सिना र शान्ति ऋषिदेव तथा हसन्दह स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी निर्मला विश्वकर्मा, समाजसेवी केशव धिमाल, प्रहरी चौकी कुसेका असई हरिनारायण राजवंशी र शसस्त्र प्रहरी बलका सइ सुमन राई सदस्य रहेको समिति बनेको छ ।

६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ संयोजक रही सवै वडा सदस्य सहित समाजसेवीहरु समेटेर समिति निर्माण भएको छ । जसमा वडा सदस्यहरु, जीवच्छ राई, बमबहादुर खत्री, सरस्वती पाण्डे तथा समाजसेवीहरु रेणुका काफ्ले, कर्णबहादुर घिमिरे, गंगाबहादुर धिमाल, लालबहादुर भण्डारी सदस्य रहनु भएको छ । अन्य सदस्यमा, नेपाल रेडक्रस सोसाइटीबाट भोलानाथ घिमिरे, सहरी स्वास्थ्य केन्द्रबाट आशिष गौतम, प्रहरी चौकी कुसे प्रमुख हरिनारायण राजवंशी, सशस्त्र बेस क्याम्प शनिश्चरे प्रमुख सुमन राई रहनु भएको छ । सदस्य सचिवमा वडा सचिव मीनाकुमारी बर्मा छिन् ।

७ नम्बरमा वडाध्यक्ष कपिलमणि ढकालको संयोजकत्वमा नेकपाबाट उद्धव बस्नेत र रोहित वास्तोला, नेकाबाट रामकाजी वस्नेत र तिलक बोगटी सदस्य तथा सदस्य सचिवमा वडा सचिव सरोज भट्टराई रहनु भएको छ । कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू ,वडा सदस्य काशीराज राई, विर्खबहादुर पिठाकोटे ( विरोज), कुमारी रोक्का र ज्येष्ठ प्रतिनिधि देवीप्रसाद भेट्वाललाई सल्लाहकार समितिमा राखिएको छ ।

८ नम्बर वडामा वडाध्यक्ष बाबुराम दाहाल संयोजक तथा सदस्यहरुमा नेकपाबाट नवीनजङ्ग कार्की, नेपाली कांग्रेसबाट ख्यामबहादुर खड्का, क्रान्तिकारी माओबादीको तर्फबाट सुरेन्द्र चापागाईं छन् ।

९ नम्वर वडाध्यक्ष भानुभक्त राईको अध्यक्षतामा गठित समितिको सदस्यमा, समाजसेवीहरु फणिन्द्र कार्की, पिताम्बर बास्कोटा, मुकुन्द पौडेल, देवेन्द्र वनेम, सुमन वनेम, प्रकाश कार्की र मदनबहादुर अधिकारी तथा सशस्त्र प्रहरीको तर्फबाट सुमन राई, नेपाल प्रहरीको तर्फबाट हरिनारायण राजवंशी रहेका छन् ।

वडाध्यक्ष सागर राई संयोजक र कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य सहसंयोजक र वडा सचिव तारानिधि सापकोटा सदस्य सचिव रहेको १० नम्वर वडा समिति गठन भएको छ । जसको सदस्यमा, नेपाल रेडक्रस सोसाइटीबाट कृष्णबहादुर कार्की, कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिबाट ज्ञानेन्द्रप्रसाद ढुंगाना, स्वास्थ्यकर्मी पिताम्बर थापा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिबाट चम्पासिंह राई चुनिएको बताइको छ । यसका साथै समाजसेवी प्रेम ढकाल र उत्तरकुमार लिम्बू तथा सशस्त्र प्रहरी सुरक्षा बल शिविरका अजिन्दकुमार राई सदस्य रहेका छन् ।

सम्बन्धित खवर