फान्सबाट नेपाल आएकी १९ बर्षे युवती संग आएका २ ब्याक्ती सहित ९२ जना मोरङको टाडी क्वारेन्टाइनमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

फान्सबाट नेपाल आएकी १९ बर्षे युवती संग आएका २ ब्याक्ती सहित ९२ जना मोरङको टाडी क्वारेन्टाइनमा

साइनो समाचारदाता पथरी/ विश्वभर कोरोना भाइरसको संक्रमण त्रास छाइरहेको छ भने नेपालमा पनि यस्को संक्रमणमा बढ्दै गएको देखिन्छ । शक्तिशाली राष्ट्रहरु समेत यस रोगबाट पीडित बनिरहेका छन् । यो रोग नियन्त्रणका लागि भइरहेका प्रयासहरु हालसम्म सफल बन्न सकेका छैनन् ।

यतिबेला नेपालमा पनि कोरोना भाइरसको संक्रमण ५ जनामा भेटिएको छ भने अन्य संक्रमण फैलिन नदिन देश नै लकडाउन गरिएको छ । सरकारले मुलुक बाहिरबाट स्वदेश फर्केका नागरिकहरुलाई अनिर्वाय १४ दिन क्वारेन्टाइनमा बस्नु अनुरोध गरेको छ ।

सोहि अनुरुप प्रदेश नं. १ को ३ ठाँउ झापा, मोरङ र उदयपुरमा नेपाल आर्मीको पुर्वी पृतना मुख्यालयले क्वारेन्टाइन सेवा सुरु गरि रहेको छ । प्रदेश नं. १ सरकारको समन्वयमा नेपाली सेना पुर्वि पृतना मुख्यालयले मोरङको टाडीमा रहेको सुर्यदल गणमा ९२ जना क्वारेन्टाइनमा बसीसकेका छन ।


उक्त क्यारेनटाइनमा फान्सबाट कतार हुदै नेपाल आएकी १९ बर्षिय युवती जस्लाई कोरोना पोजेटिभ भेटियो उनि संगै आएका पथरीशनिश्चरेका र ताप्लेजुङका १/१ जना संगै ९२ जना रहेका छन । चैत्र १० गतेबाट सेवा सुरु भएको टाडी आर्मी ब्यारेकमा ९२ जनाले सेवा लिएका छन । जस्मा ६ जना कुनै लक्षण नदेखिए पछि घर समेत फर्कि सकेका सेनानि प्रबेश दाहालले बताएका छन ।

मोरङको टाँडीमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइन स्थलमा बिभिन्न नगरले आफ्ना नगरमा बिदेशबाट आएका ब्याक्ती पठाउने र उनिहरुको स्वास्थ्य उपचार, खानपान देखि सुरक्षाको व्यवस्थाको जानकारी लिन आउने गरेका छन ।

मोरङको टाडीमा आर्मी क्याममा रहेको क्यारेनटाइनको अवस्था नजिकबाट बुझेका पथरीशनिश्चरे नगरपालीकाका स्वास्थ संयोजक मुरारी आचार्य सम्पुर्ण कुराको ब्यावस्थापन राम्रो रहेको बताएका छन ।

आफ्नो वटामा कतारबाट आएका २ जना टाडीको क्यारेनटाइनमा रहेको दुबैको अवस्था सामान्य रहेको र टाडीमा रहेको क्यारेनटाइन सबै सेवा सुबिधा रहेको पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले बताए ।

यहाँ बैदेशिक रोजगारबाट आएका र भारतबाट प्रदेशका दुई नाका प्रयोग गरी नेपालमा भित्रिएका ९२ जना मानिस राखिएको छ । जसमा ६ जना घर फर्किसकेका छन् . अहिले ६ भारतीयसहित बैदेशिक रोजगारबाट फर्किएका १५ नेपाली र तीनका परिवार त्यसैगरी भारतबाट फर्कर्ने क्रममा काकडभिट्टा र रानी नाका प्रयोग गरेका नेपालीलाई क्वारेन्टाइन स्थलमा राखिएको छ . सुर्यदल गण टाँडीले उनीहरुको ब्यवस्थापन गर्दै आएको छ । क्वारेन्टाइनमा स्थानीय सरकारको सिफारिसमा मात्र राख्ने गरिएको छ ।

सम्बन्धित खवर