
साइनो समाचारदाता
जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले मंगलबार रकम जम्मा गरेको छ ।
सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख जम्मा गरेको छ । दुबै बैंकका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको छ। कोरोना महामारी नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना गरिएको थियो ।
















