पीपीइ पथरीमा आइपुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पीपीइ पथरीमा आइपुग्यो

साइनो समाचारदाता

पथरी । अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा कोरोना संक्रमणबाट सुरिक्षत भएर उपचार गर्ने नगर अस्पतालका स्वास्थ्यकर्मीका लागि मोरङको पथरी शनिश्चरे नगरमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध भएको छ ।

फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा १० थान विशेष पीपीइ, १० थान फुलबडी सेफ्टी गाउन र १० थान इएन वान ४९ मास्क उपलब्ध भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले नगर प्रमुख दिलीपकुमार राई, पथरी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई नगर अस्पतालमा हस्तान्तरण गरेका छन् । ती सामग्री पथरी नगर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र नगरले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रदान गरिने जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । नगर अस्पतालले कोरोना संक्रमणको आशंका भएकाहरुका लागि १० बेडको आइसोलेसन वार्ड समेत तय गरेको छ ।

सम्बन्धित खवर