गोपाल काफ्ले पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका भित्रका कुनै पनि वडामा कुनै पनि संघ संस्था र संगठनलाई राहत संकलन गर्न र वितरण नगर्न अडाध्यक्षहरुले अनुरोध गरेका छन । कोरोना संक्रमणको जोखिम बढ्ने, भिडभाड हुने र कतिले पाए कतिले पाएन्न भन्ने तथ्याङ नरहने भएको र विबाद बढ्न सक्ने भएकाले वडाध्यक्षहरु एक भएका हुन ।

कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि नगरले एक द्धारप्रणली मार्फत समिति निर्माण गरिएको छ । बिहिबार कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि बसेको अपतकालीन दोस्रो बैठकले गृह मन्त्रालयको आदेश अनुसार नगरबाटै सबै प्रकृया गर्ने निर्णनय गरेको थियोे ।
कुनै पनि संघ संगठनलाई गृह मन्त्रालय र नगरले सहयोग उठाउने र बितरण गर्ने कार्र्य बन्द गर्न पटक पटक अनुरोध गरे पनि नगर भित्र केहि संघ संगठनले चन्दा उठाउदै बितरण गरिरहेका थिए । नगरले सहयोगी दाता संग सहयोग आवहान गरेको छ । नगर भित्र नगरले एकद्धार प्रणलीबाट संकल गर्दै बितरण गर्ने भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरीले नगर भित्र हुल हुजत गरि नगरका जनप्रतिनिधी बाहेकले राहत संकलन र बितरण गरेको पाईएमा कडा कार्वाही गरिने बताए । तर केहि संस्थाले लुकीचोरी त्यस्ता कार्य गरेको सुचना आएको र उनिहरुलाई एक पटकलाई सचेत गराई सकेको गिरीले बताए ।
पथरीशनिश्चरे वडा नं. ५ र ६ मा अति बिपन्न समुदाय रहेको छ । सो समुदायमा सहयोग गर्न कसैलाई इच्छा भए वडा मार्फत सम्पर्क गर्न वडाध्यक्ष जयबहादुर तामाङले आवहान गरेका छन । कुनै संघ संगठनले वितरण गर्दा बिबादित हुने र सहि ठाँउमा सम्मान रुपमा नपुग्ने भएका कारण नगर र वडाको यस्को ब्यावस्थापन गर्ने तामाङले बताए ।
९ नं. वडाका वडाध्यक्ष भानु राईले नगर, वडा र सहयोगीदाताको संमायोजनमा भिडभाड नगरी राहत वितरण गर्ने बताए । राईले देशको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि संघ सगठन जोखिम अवस्था मोलेर विबादित परिस्थती नबनाउन अनुरोध गरेका छन ।
जनताको सुरक्षाको जिम्मा सरकारको हो जे पर्छ स्थानिय सरकारबाट जनप्रतिनीधी द्धारा समधान हुन्छ । त्यसैले पथरीशनिश्चरे वडा नं. १० का कुनै पनि जनताले भोकै सुत्नु नपर्ने र कसैले वडा भित्र प्रबेश गरेर राहत संकलन र वितरण नगर्न जानकारी दिएको वडाध्यक्ष सागर राईलाईले बताए ।
पथरीशनिश्चरे वडा नं. ४ का वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले वडाले मार्फत राहत संकलन गर्दै बितरण गर्ने जानकारी दिनु भयो । नगरमा कुनै संघ संगठनलाई राहत संकलनर बितरण नगर्न नगराउन अनुरोध गनु भएको छ । यदि गरेको थाहाँ पाएमा प्रहरी प्रसासनलाई कार्वाही गर्न निर्देशन दिएको बताए ।
त्यस्तै गृह मन्त्रालय र नगरको निर्देशन अनुसार एकद्धार प्रणलीलाई अगाडी बढाउदै वडाबाट सहयोग संकल गर्दै वितरण गर्ने ७ नं. का वडाध्यक्ष कपिलमणी ढकालले बताएका छन ।
वडा नं. ८ ले सबै राजनितीकको बैठक बसि कुनै संघ संगठन मार्फत सहयो नउठाउन र वितरण नगर्न सुझाव दिदै नगरको निर्देशन अनुसार वडा र नगरलाई सहयोग गर्न वडाध्यक्ष बाबुराम दाहालले अनुरोध गरेका छन ।
पथरीशनिश्चरे ३ मा कुनै संगठनले सहयोग संकलन र बितरण जस्ता कार्य नगरेको वडाध्यक्ष डम्बर चेम्जोङले बताउनु भयो । सहयोग गर्न कोहि इच्छुक भए जनप्रतिनीधी माफत आउन सुझाव दिएका छन ।
नेपाली काङग्रेसले भातृसंगठन तरुण दल मार्फत कोरोना संक्रमणबाट बच्न जनचेतना जगाउदै आएको र राहत वितरण गर्नु पर्ने अवस्था आए र नगरले सहयोग मागे संगठनको तर्फबाट एकद्धार प्रणालीद्धार वितरण कार्यमा सहयोग गर्नेे क्षेत्रिय सभापती गणेस खड्काले बताए ।
युवा संघ नेपालले पनि जनचेतना जगाउदै आएको थियो तर सरकार र नगरको निर्देशनको अवज्ञा गर्दै विहिबार केहि राहत सामाग्री वितरण समेत गर्यो । नगरले कुनै पनि संघ सस्था र सगठनले सरकारको निदेशन बिपरित कुनै कार्य नगर्न जानकारी दिए पछि युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले गर्दै आएको राहत बितरण रोकेको छ । नगरले गरेको एकद्धार प्रणालीमा सहभागी हुदै अगाडी बढ्ने युवा संघका नगर सह संयोजक नविनजङ कार्कीले सामाजिक संजालमार्फत जानकारी दिएका दिएका छन ।
नगरले छिटै कोरोना संक्रमणबाट वच्ने औषधि छर्किएर निर्मलिकरण (डिसइन्फेक्टेड) गराउने समेत भएको छ
















