साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समय सम्म खोल्न आव्हान गरिएसँगै सो को चतर्फी विरोध सुरु भएको छ । खाद्यान्न, सब्जी पसल विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्ने निर्णय गरेको एकदिनपछि (सोमबार) पुनः बजार बन्द गर्ने निर्णय गरिएको छ ।
विहान ईलाका प्रहरी कार्यालय पथरीमा सर्वदलीय बैठक बसि सबै खालका पसलहरु बन्द गर्ने सहमति भएपछि प्रहरीले सबै दोकान बन्द गर्न लगाएको छ । कुनै संघ, संस्था राजनीतिक दलले आफु खुशी राहात वाढ्ने नपाईने समेत निर्णय भएको छ ।
















