
साइनो समाचारदाता
इटहरी । सनन्सरीको इटहरी उपमहानगरपालिकाले नगरक्षेत्रका घरधनीहरुले कोरोनाको प्रभाब रहेको समयसम्म घरबहालमा ५० प्रतिशतछुट दिनुपर्ने निर्णय गरेको छ। शनिबार बिहान बसेको उपमहानगरनगर कार्यपालिकाको बैठकले कोरोना भाइरसको महामारीका बेला घरबहालमा छुट दिनुपर्ने निर्णय गरेको हो।
नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रका दलित र विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउने निर्णयसमेत गरेको छ। दैनिक गुजारा गर्नै कठिन हुनेहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय भएको उपमहानगरले जनाएको छ । बैठकले नगर क्षेत्रमा रहेका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा विपद् कोषमा लगाउने निर्णय गरेको छ । यस्तै कर्मचारीको एक हप्ताको तलब कोषमा जम्मा हुनेछ । सो कोषबाटै राहत वितरण गर्ने उपमहानगरले जनाएको छ ।
















