पथरीको हाट बजार तत्काल बन्द गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीको हाट बजार तत्काल बन्द गर्ने

साइनो समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयको बैठकले नगर भित्रका साप्ताहिक हाट बजारलाई तत्कालका लागि वन्द गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत फैलन सक्ने जोखिमबाट सुरक्षित हुनका लागि बजार बन्द गर्ने भएको हो । कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न आजको नगर कार्यपालिकाको बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । नगर अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा, खानेपानी, फोहोरमैला सहित संघीय सरकारले तोकेको १७ प्रकारका अति आवश्यकीय क्षेत्रका कामहरु मात्र विना भिडभाडमा सञ्चालन गरिने बैठकले निर्णय गरेको उनले बताए । बैठकले नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न तथा अत्यावश्यक काम परेमा पनि सुरक्षित तरिका अपनाएर जानका लागि अनुरोध गरेको छ । साथै नगरका हाल कुनै पनि योजना तथा भिडभाड हुनेखाले कार्यक्रम नगर्न तथा नगरवासीलाई पनि त्यसखाले काम नगर्न आव्हान गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट वच्ने उपाय सहितको जनचेतनाका लागि स्थानी सञ्चारमाध्यममा थप सूचना दिने र वडा वडामा माइकिङ गर्ने पनि वैठकले निर्णय गरेको छ । अतिआवश्यकीय वस्तुहरुको कालोबजारी तथा कृत्रीम अभाव सिर्जना नगर्न समेत नगरका व्यवसायीमा अनुरोध गर्ने निर्णय भएको छ । कोरोनाको आशंका भएका विरामीहरुका लागि थप सुरक्षित वनाएर उपचारका लागि पठाउन पथरी नगर अस्पतालमा १० शैयाको आइसोलेसन वार्ड निर्माण गरिदै गरेको पनि बैठकमा जानकारी गराइएको छ । आवश्यक ठाउँमा हेल्थ डेक्स समेत खडा गर्ने पनि निर्णय गरिएको छ ।

यसक्रममा नगर प्रमुख दिलीपकुमार राईले आज मिक्लाजुङको टाँडीमा प्रदेश सरकारले बनाएको क्वारेन्टाइन वार्डको पनि निरीक्षण गर्दै नगरमा त्यसखाले वार्ड व्यवस्थित गर्न पहल भइरहेको जनाए । नगर अस्पतालमा दैनिक रुपमा ६० प्रतिशत नियमित औषधि खाइरहने र २० प्रतिशत रुघा खोकीका विरामी आउने गरेको डाक्टर साकारबाबु घर्तीले बताए । १, १ जनाका दरले मात्र विरामीलाई पठाएर भिडभाड हुन नदिने वातारण मिलाउँदै उपचार गराइएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामाग्री र सेनिटराइज अस्पताले निर्माण गर्दै गरेको छ । अस्पतालले ओपीडी सेवालाई कम गर्दै आकस्मिक सेवालाई २४ घण्टा नै सञ्चालनको योजना बनाएको छ ।

सम्बन्धित खवर