पथरी
मोरङ्गको उर्लावारी ८ आम्वारीमा सोमवार साझ आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् । स्थानिय पवित्रा सुव्वा र नविन सुव्वाको घर आगोलागी वाट नष्ट भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

साझ तिर स्थानियवासीले पवित्रा सुव्वाको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए । दमक र गौरादह वाट आएका दमकलले आगोलाई २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागी वाट २० लाखको क्षति अन्दाज गरेको प्रहरीले वताएको छ । लिम्वुको घरमा पालेको सुगुर भने आगोको लप्का लागी मरेको छ । विघुत सर्ट भइ आगलागी भएको आशंका प्रहरीले गरेको छ ।
















