सात वर्ष, सम्झना र श्रद्धा सुमन !!! - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सात वर्ष, सम्झना र श्रद्धा सुमन !!!

अमित याक्थुङ्बा ’मिहाङ’

किशोरावस्थामा एकपटक काठमाडौंको यात्रा भयो । राजधानी कि त घुम्न कि जागिर खान, या पढ्न या भविष्य बनाउन जान्छन् । हामी दुई जना सन्त थलङ लिम्बु आम्भु र मचाहिँ कविता भन्ने भनेर १२ औँ घण्टामा धरानको देशी लाइनमा रहेको ’किराती भञ्ज्याङ’ उर्फ खोटाङ कम्युनिकेसनका प्रोप्राइटर कवि देवान किरातीबाट उधारोमा हवाई टिकट काटेर हुइकियौँ । सानो झोला, दुई जोर कपडा र आमालाई पाँच सय रूपैयाँ मागेर २०६२ को बर्खामा राजधानी जाने भइयो । विराटनगरबाट प्लेनको उडान समय परिवर्तन भयो । ११ बजे उड्ने यति एयरलाइन्सको जहाजले २ बजे मात्रै पखेटा फर्फराएर लाग्यो उत्तर पश्चिमको आकाश ।

त्रिभुवन विश्वविद्यालयको गेट बाहिरसम्म गोजीको पैसो जोगाउन हिँडियो । ट्याक्सीवालाहरू मोलमोलाइ गर्न थाले । हामी नटेरी पुग्यौं बाहिर । अराजक कवि राजन मुकारुङ दाजु, कवि उपेन्द्र सुब्बा दाजुको निम्तो र माटोको कविता सुनाउने सुरमा लाग्दालाग्दै समय चिप्लिन थाल्यो । जावलाखेलको हल पुग्दा कार्यक्रम अन्तिम चरणमा पुग्दै थिएछ । हामीले स्थिति बुझेर गोजीमा राखेको टुक्रा सुनाउने मनसाय हापिदियौँ । खाजापानीसम्म चाहिँ भ्याउने काम भयो । कार्यक्रम सकेपछि राजन दाजुको टोलीले कोटेश्वर पुर्‍याउन खोज्दै थियो । तर, डब्बल सुब्बा उर्फ रूद्र नाल्वो जो थलङ दाजुका सहपाठी थिए । कपन लाने भए । कोटेश्वर बसाइँ केही दिनपछि सुरु भयो । कोटेश्वर कुटीबाट ’हेत्छाकुप्पा’ र ’लाटो पहाड’ जन्मँदै थियोे । जसले केही वर्ष र दरशकपछि तहल्का मच्चाउनेवाला थियोे । तर, काठमाडौं बसाइँको पहिलो साँझ युवराज लिम्बुलाई भेट्ने मौका जुर्‍यो ।

गृहजिल्ला ताप्लेजुङ साँघुका रहेछन् युवराज लुङ्वा । पातलो शरीर, मध्यम उचाइ, लामो कपाल र हरदम बोक्ने घरबुना झोला । त्यो साँझ, कवि खुक्सङ खम्बूसँग पनि भेट भएको थियोे । युुवराज लुङ्वासँग पत्रकारिता, साहित्य, राजनीति र समुदायको बारे मध्यरातसम्म गफ भए । उनी आर आर क्याम्पसमा पत्रकारिता पढ्दै थिए । विद्यार्थी राजनीतिको गफ नछुट्ने कुरै भएन । उनको साद्गीपन र बौद्धिक चेतनाले जोकोही प्रभावित हुन सक्थे । काठमाडौंबाट फिर्ता भएपछि धेरै वर्ष भेट हुन पाएन । यदाकदा पूर्वका कार्यक्रममा देखादेख हुन्थ्यो । लामो बसाइँ हुन्थेन । २०६५ मा धरानमा भएको लिम्बु विद्यार्थी मञ्चको चौथो महाधिवेशनमा भने एकपटक पुनः भेट भयो । अग्रसेन भवनमा गफ गर्दै विद्यार्थी नेताहरूसँग महाधिवेशनको रात व्यतीत भयो । त्यसपछि फेरि सम्पर्क टुट्यो ।

युवराज फागो चोङ्वाङ्

युवराज फागो चोङ्वाङ्सँग एकैपटक २०६९ मा भेट भयो । सुस्ताएको लिम्बु पत्रकार सङ्घलाई ब्युताउँन भनेर संयोजक देबेन्द्र खापुङ दाजुको टिम लागिपरेका रहेछन् । याक्थुङ चुम्लुङ हिममा फागुन अन्तिम साता सङ्घको पहिलो महाधिवेशनका लागि लिम्बुवान र राजधानीबाट पत्रकारहरू भेला भए । सुनसरी टिममा भएको कारण हामी व्यवस्थापक जिल्ला भयौँ । सबैलाई स्वागत गर्ने क्रममा गोरखाज साप्ताहिकमा काम गरिरहेका उहीँ युवराज लिम्बुसँग पुनः भेट भयो । तर, यसपटक मलिन र अस्वस्थ देखिन्थेँ । न्यून रक्तचापले ग्रसित लिम्बु सचिव भएका कारण कार्यक्रम चलाउनुपर्ने भयो । मसिनो स्वरमा महत्त्वपूर्ण बुँदाहरूलाई जोड दिएर कुरा राख्थे । लिम्बु पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र एक्सपोजर कार्यशालाहरू राख्नुपर्ने विचार राखे । हार्ड न्यूज नभएर फिचर लेखन र खोजमूलक सामग्रीमा बल गर्नुपर्ने उनको धारणा थियोे । उनको भिजन, क्षमता र अनुभवलाई सबैले सकारे । उनी महाधिवेशनबाट पहिलो निर्वा्चित अध्यक्ष भए ।

चुम्लुङ हिमबाट हामी सबै छुट्टियौँ । तर, २४ घण्टा नबित्दै अशुभ खबर आयो । मित्र सन्तोष कुरुम्बाङले म्यासेज टेक्स्ट गरे (’तपाईहरूको अध्यक्ष सुतेको ठाउँबाट उठ्नुभएन ।’ हातखुट्टा गल्यो सुनेर । यसअघि, पनि एक विद्यार्थी मित्रलाई हामीले त्यसरी गुमाइसकेका थियौं । दिउँसो इटहरी झर्‍यौँ । देवेन्द्र खापुङ दाजुको ससुरालीमा अघिल्लो साँझ झरेका रहेछन् दुवै । एक दिन त्यहाँ बसेर लिम्बु मोरङको इटहरामा भएको घर र त्यसपछि पान्थरमा रहेको ससुराली उक्लने योजनामा थिएछन् । उनको यात्राको सपना अधुरै भयो । त्योभन्दा सङ्घले तय गर्नेवाला यात्राका नायक कहिले नउठ्ने गरी विश्राम लिए । २०६९ चैत एक गते समुदाय र राष्ट्रले एक होनहार सञ्चारकर्मी गुमायो । हामी स्तब्ध थियौं । केही दिनपछि उनको माई खोलामा अन्त्येष्टि भयो । भाउजू र छ महिना मात्रै भएकी छोरीमा बज्रपात भयो ।

भेट भएको सात वर्षपछि उनलाई गुमाया‌ैँ । आज उनले यस संसारबाट भौतिक रूपबाट बिदा लिएको ठ्याक्कै सात वर्ष पुगेको छ । यस घडीमा पुनः लिम्बु पत्रकार सङ्घका पहिलो निर्वा्चित अध्यक्ष युवराज फागो चोङ्वाङ्प्रति हार्दिक श्रद्धाञ्जली छ । तागेरानिङ्वाफु युमामाङले उनको आत्मालाई शान्ति प्रदान गरून् ।

:अमित याक्थुङ्बा ’मिहाङ’ लिम्बु पत्रकार सङ्घ, यूकेका संयोजक हुन् । 

सम्बन्धित खवर