पूर्व मन्त्री शेर्माको अन्त्यष्ठी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पूर्व मन्त्री शेर्माको अन्त्यष्ठी

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माको शुक्रबार अत्यष्ठी गरिएको छ । फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएका शेर्माको पशुपति आर्यघाटमा अन्यष्ठी गरिएको छ । अन्यष्ठी गर्नु अघि शेर्माको पार्थिव शरीर आज विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

शेर्माको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन । नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देउवाले शेर्माको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शेर्माको संक्षिप्त जीवनी

स्वर्गीय शेर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरु नेपाली कांग्रेसको तर्फबाट सक्रिय भूमिका निर्वाह गरे । स्वर्गीय शेर्मा नेपाली कांग्रेस पाँचथरका एक अग्रज, निष्ठावान नेता एवं एक सच्चा अभिभावक थिए । स्वर्गीय शेर्मा वि।सं। २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भू।पू।सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए । २०४८ अषार १२ गते राष्ट्रिय सभाको सांसद भएका स्वर्गीय शेर्मा २०५१ कात्र्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं। २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए । २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ ९२०५७० र एघारौँ महाधिवेशन ९२०६२० मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति भए । वि।सं। २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कात्र्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका थिए ।

वि।सं। २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताए । स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताए । पाँचथरको साराङडाँडा—७ निगालेमा वि।सं। २००० असोज १२ गते जन्मिएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी रहेको छ ।

सम्बन्धित खवर