पूर्ण असक्तलाई परिचय पत्र वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पूर्ण असक्तलाई परिचय पत्र वितरण

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ओछ्यान परेका पूर्ण असक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमै गएर परिचयपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ । अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा डाक्टर सहितको टोलीले वडा नम्वर २, ५ र ६ मा पूर्ण असक्तहरुको अवस्था अध्ययन गर्दै उनीहरुलाई परिचयपत्र दिने प्रक्रिया अघि बढाइएको समितिकी सदस्य सचिव गीता कट्टेलले जनाइन् ।


पहिलो दिन ती वडाका १२ जना पूर्ण असक्तहरुको घर घरमै गएर उनीहरुको अवस्था जाँच गरी कागजी प्रक्रिया पुरा गरेर परिचयपत्र वितरणको क्रम अघि बढाइएको उनले बताइन् । ती वडाका बाँकी टोलहरु तथा अन्य वडाहरुमा पनि पूर्ण असक्तहरुलाई घरघरमै गएर उनीहरुको अवस्था जाँच गरी परिचयपत्र प्रदान गरिने भएको छ । नगरपालिका कार्यालयमा भनें प्रत्येक महिनाको १५ र ३० गते अपाङ्गता परिचयपत्र वितरण कार्य हुँदै आएको छ । यसक्रममा हालसम्म नगरबाट २ सय जनाले परिचयपत्र लिइसकेका छन् ।

सम्बन्धित खवर