कमेडी च्याम्पियनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) ‘मेलोबाबा’ बाहिरिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

कमेडी च्याम्पियनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) ‘मेलोबाबा’ बाहिरिए

फागुन ११, काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारित मुलुककै पहिलो हास्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट तीनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) उर्फ ‘मेलोबाबा’ बाहिरिएका छन् ।

प्रत्येक सोमबार र मंगलबार कान्तिपुर टेलिभिजनको चर्चित रियालिटी शो कमेडी च्याम्पियनको आउँदो श्रृंखलामा मेक्सम बाहिरीएको देखाइनेछ ।

स्यांङ्जाका मेक्सम समसामयिक विषयवस्तुलाई गहिरोसँग अध्ययन गरेर हास्यब्यङ्यमा ढाल्न सक्ने प्रतिभा भएका ब्यक्ति थिए । उनको प्रस्तुतिमा सामाजिक, राजनीतिक विषयको चेत रहेको कार्यक्रमका निर्णायकहरुले बताउँथे ।

भोटिङको आधारमा बनेको कार्यक्रममा मेक्समले यो हप्ता कम भोट प्राप्त गरेका कारण बाहिरीएका हुन् । मेक्समलाई शोमा ‘मेलोबाबा’ उपनामले चिनिन्थे । खासगरी कार्यक्रम होस्ट रिमा विश्वकर्माले मेक्समलाई ‘मेलोबाबा’ भनेर बोलाउँदा कमेडी च्याम्पियनको माहौल रमाइलो हुन्थ्यो ।

कार्यक्रममा भाइरल बाबा, सेलिब्रेटीको लाइफ स्टायल, टिकट पाउने नेता जस्ता प्रस्तुति दर्शकले अत्याधिक रुचाएका थिए । उनको कमेडीमा पञ्चलाई अत्याधिक रुचाइएको थियो ।

सम्बन्धित खवर