चुनावमा बोलेको बाचा पुरा गर्दै वडा अध्यक्ष राई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

चुनावमा बोलेको बाचा पुरा गर्दै वडा अध्यक्ष राई

अशक्तहरुलाई ह्विल चेयर बितरण गर्दै

साइनो समचारदाता पथरी/ आफ्नो सुविधाबाट सदैव दिन दुखी अशक्त, बेसहारा र गरिबलाई सेवा गर्दै आएका पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सागर राइले चुनावी बाचा पुरा गदै आएका छन । आफुले वडाको हरे दुखमा सानो मात्रे भए पनि हासो दिलाउने उदेश्यले चुनावमा भाग लिएको र वडा बासीको मतले आज यो स्थानमा आएको बताउने राईले धेरै रोगिको उपचार गर्दै आएका छन । यति खेर राई वडाका अशक्तहरुलाई आफ्नो सुविधाबाट घर घरमै गएर ह्विल चियर बितरण गर्दै आएका छन ।


नेपाली काङग्रेसबाट निर्वाचित वडाध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आफ्नो वडाकी ३० वर्षीय दुर्गा खतिवडालाई एक थान ह्विल चियर प्रदान गरेका हुन । जन्मदा सकुशल नै जन्मे पनी ८ महिनाको उमेरबाट अपाङ्गताको सिकार बनेकी खतिवडालाई हिडडुल गर्न सहज होस भनेर ह्विल चियर वितरण गरेको राईले बताए । खतिवडा स्यमं हिडडुल गर्न नसक्ने भएकाले दाजु भाउजुको घरमा बस्दै आएकी छन ।
बिभिन्न सामाजिक कार्य गर्दै चर्चा बटुल्दै आएका वडा अध्यक्ष राईले आफ्नो वडाका शारीरिक अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसरमा ब्यक्तिगत स्रोत सहयोग गर्दै आएका छन भने केही दिन अघि वडाको हिडडुल गर्न नसक्ने अर्का एक बिपन्न बर्गको ४६ बर्षीय गीता चौहानलाई ह्विल चेयर प्रदान गरेका थिए ।
वडावासीहरुको प्रत्येक समस्यालाई आफ्नै ठानी समाधान गर्न रुचाउने राईले आफ्नो सुविधा र निजि श्रोतहरुको समेत व्यवस्थापन गरि वडाबासीहरुका लागि सहयोग गर्दै आएका छन ।

सम्बन्धित खवर