संशोधनमा चुम्लुङ युके - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

संशोधनमा चुम्लुङ युके

साइनो समाचारदाता

लन्डन(बेलायत)। लिम्बु समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेले शनिबार विधान संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो ।

फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति, शाखा समिति, विभागीय पदाधिकारी र सल्लाहकारहरूले पाँचौ संशोधनमार्फत् सङ्गठनको विधान सच्याएको अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले बताए । उनले भने, ‘राष्ट्रिय परिषद बैठकले प्रस्ताव गरेको संशोधनका बुँदाहरूउपर विधान संशोधन भएको छ । अब हामीलगत्तै कार्यान्वयनमा लाग्नेछौँ ।’ चुम्लुङ यूकेको आगामी महाधिवेशन सेप्टेम्बर महिनामा हुने तय गरिएको छ ।

सङ्गठनको स्वरूपमा हेरफेर गर्दै सभाले राष्ट्रिय परिषद बैठकको प्रावधान हटाएर वार्षिक साधारणसभा मात्रै राख्ने निर्णय गरेको छ । यसैगरी, पदाधिकारी सङ्ख्या ११ कायम गर्ने निर्णय गरेको छ । जसअनुसार एक अध्यक्ष, चार उपाध्यक्ष, एक–एक महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने छन् । भेलाले सङ्गठनमा सबैलाई नेतृत्वको अवसर दिन कुनै पनि शाखा समितिमा कुनै पनि पदमा एक कार्यकाल गरेकालाई केन्द्रीय समितिमा उम्मेदवारी दिन सक्ने बाटो पनि खोलिदिएको छ । तर, अध्यक्ष र महासचिवजस्तो कार्यकारी पदमा भने उम्मेदवारी दिन केन्द्रीय समितिमा एक कार्यकाल बिताउनुपर्ने प्रावधान राखेको छ । यसैगरी, नेपाल या अन्य देशका चुम्लुङमा नेतृत्वदायी भूमिका खेलिसकेका व्यक्तिहरूलाई पनि शाखाको सिफारिसमा चुम्लुङको सर्वोच्च नेतृत्वमा पुग्न मार्गप्रशस्त गरेको महासचिव गणेश इजमले बताए । उनीहरूको साङ्गठनिक अनुभवलाई उपयोग गर्न केन्द्रीय विभागीय जिम्मेवारी दिन सकिने उल्लेख गरे ।

विधानसभाले केन्द्रीय सदस्यको परिभाषा र जिम्मेवारी पनि प्रष्ट रूपमा उल्लेख गर्ने निर्णय गरेको छ । उनीहरूलाई आगामी महाधिवेशनमार्फत् विभागीय नेतृत्वको अभ्यास गराउने पनि बरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले जानकारी दिए । सभाले दश पाउन्ड शुल्क बुझाएपछि श्रीमान् श्रीमति दुवै साधारण सदस्य रहन सक्ने निर्णय पनि गरेको छ । उनीहरूले तोकिएको शुल्क तिरेर उम्मेदावरी दिन सक्ने पनि छन् । यस्तै, आजीवन सदस्य शुल्कका लागि २०० पाउन्ड कायम गरिएको छ ।

सन् २००३ अगष्ट २ तारिखका दिन बेलायतको सल्सबरीमा सम्पन्न भेलाले स्थापना गरेको चुम्लुङको संस्थापक सदस्यमा मोहन काङ्वालाई समेत उल्लेख गर्ने निर्णय गरेको उपाध्यक्ष विमला सेनेले बताइन् । यसैगरी, याक्थुङ चुम्लुङले प्रयोग गर्ने सिलाम साक्माको प्रतीकमा नौ धागाको फन्कोलाई मान्यता दिने निर्णय गरेको छ । चुम्लुङलाई साँस्कृतिक सम्पदाको प्रबद्र्धन अभियानमा सक्रिय बनाउन साँस्कृतिक विभाग गठन गर्ने समेत निर्णय गरेको छ । चुम्लुङ यूकेमा हाल आठ विभागीय प्रमुखहरू छन् । यसैगरी, थामेन्दिङमा महिला समिति र लासोगेन कुसा चुम्लुङ(युवा मञ्च) पनि गठन गरिएको सचिव विश्वसदीप तिगेलाले बताए । चुम्लुङ यूकेका हाल १५ शाखाहरू सक्रिय छन् । केन्ट मेडस्टोनको याल्डिङमा चुम्लुङ यूकेले २५.३३ एकडको चुम्लुङ देन(जग्गा) समेत खरिद गरिसकेको छ । यूकेमा याक्थुङहरूको सङ्ख्या २० हजार बढी रहेको अनुमान गरिएको छ ।

सम्बन्धित खवर