साइनो समाचारदाता
पथरी । कर कार्यालयका सेवाग्राहीलाई खुसीको खबर । कर कार्यालयका लागि विराटनगर त्यसपछि विराटचोक धाउनेपर्ने हुन्थ्यो । अब फागुन भित्र प्रदेश नम्बर १ को पथरी शनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएपछि टाढा जानुपर्ने बाध्यता टर्नेभएको हो ।

नगरपालिका र पथरी उद्योग वाणिज्य संघको समेत पहलमा कार्यालय स्थापना हुन लागेको हो । अर्थ मन्त्रालयले फागुन महिनाभित्रमा कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटा सहितको टोलीले नगर प्रमुख दिलीपकुमार राईसँग भेटी कार्यालय खडा गर्ने बारे जानकारी गराएको छ ।
















