साइनो समचारदाता पथरी/ निजी बिध्यालय लगानिकर्ताहरुको संगठन बिभाजन भए संगै नेशनल प्याब्सन पथरी शनिश्चरेले पहिलो अधिवेशनले सम्पन्न गरेको छ । अधिबेशनले थिर प्रसाद आचार्यको अध्यक्षता ७ सदसिय कार्य समिती गठन गरेको छ ।

शुक्रवार बाल नमुना विद्या मन्दिरमा भएको पहिलो ऐतिहासिक भेलाले आर्चाय सहित समितीको उपाध्यक्षमा चन्द्र बहादुर चोङबाङ, सचिब सरोज तिम्सिना, सह सचिव पुकार राई, कोषाध्यक्षमा शुशिला मगर र सदस्यहरुमा चन्द्र बहादुर राई र विनोद तामाङ्ग चयन हुनुभएको हो ।
पथरी शनिश्चरे नगरपालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुको साझाँ संगठन एन प्याब्सन पथरी शनिश्चरेले आगामी दिनहरुमा अन्य विद्यालयहरुलाई समेत संगठनमा सामेल गराउने योजना बनाएको सो अधिवेशनमा बताईको छ ।

सो अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय उपमहासचिव दिनानाथ तिम्सिनाले सरकारले तयार गरिरहेको शिक्षा नीति निजि विद्यालयहरुको हितमा नभएको भन्दै विभिन्न समयमा शिक्षा समिती मार्फत थप कक्षा संचालनका लागि अनुमति दिन आनाकानी गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै निवर्तमान संयोजक कमल खरेलले प्याब्सन पैसावाला तथा राजनीतीक गर्ने ब्याक्तीहरुको सस्था रहेको भन्र्दै उक्त समिति गुठि संचालक रहेको बताउनु भयो । खरेलले भन्नु भयो नगरले गठन गरेको नगर शिक्षा समिती अपुर्ण रहेको र प्याब्सनमा निजि लगानीकर्ता नभएकाले निजि लगानीकर्ताको पिडा बुझ्न नसक्ने बताउनु भयो । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्ष जय बहादुर श्रेष्ठको समेत आतिथ्यता रहेको थियो ।
















