साइनो समाचारदाता
पर्सा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको सभापतिका लागि आफू योग्य रहेको बताएका छन् । मंगलबार वीरगन्ज आयोजित पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

पटकपटक काठमाडौं जिल्लाको सभापति, नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, सरकारको मन्त्री, उपप्रधानमन्त्री समेत भइसकेकाले बताउँदै उनले भने, ‘पार्टीको हरेक पदमा रही अनुभव सम्हाली सकेको मानिस नै पार्टी सभापति हुने हो । योग्यता क्षमताले म पार्टी सभापतिका लागि योग्य छु ।’ नेता कार्यकर्ताको सुझाव अनुसार मात्र आफू के गर्ने भन्ने निचोडमा पुग्ने उनको भनाई छ । नेपाली कांग्रेसका सभापति तर्फ संकेत गर्दै पार्टीको गुट उपगुट अब अन्त्य नगरी सुखै नहुने उनको तर्क छ । महाधिवेशन घोषणा भइसकेको समयमा विभागहरू बनाउनु विधानविपरित हुने दाबी गरे ।
















