एमसीसी परियोजना बारे सरकार आफै अन्योलमा छः अध्यक्ष यादब - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

एमसीसी परियोजना बारे सरकार आफै अन्योलमा छः अध्यक्ष यादब

साइनो समाचारदाता

उदयपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी परियोजना बारे सरकार अन्योल र अस्पष्ट रहेको आरोप लगाएका छन् । अध्यक्ष यादवले हाल चर्चामा रहेको एमसीसी परियोजनालाई सरकारले संसद्मा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुपर्ने बताए । उनले भने ‘यो विषय सरकारले सदनमा प्रस्तुत गर्ने हो । तर सरकार आफै यसबारे अन्योल र अस्पष्ट देखिन्छ ।’

सोमबार उदयपुरको गाइघाटमा समाजवादी पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो आरोप लगाएका हुन् ।
यादवले सरकार असफल भएको आरोप लगाएका छन् । ‘आर्थिक वर्षको ७ महिना बित्न लाग्दा १७ प्रतिशत मात्र बजेट खर्च भएको छ । भ्रष्टाचार बढेको छ । देशमा विभिन्न समस्या छन्, समाधान गर्न सरकार असफल भएको छ ।’ उनले भने । देशमा लगानी भित्राउन तामझाम गरेर लगानी सम्मेलन गरिएको स्मरण गराउँदै उनले लगानी सम्मेलन गरेपनि लगानी नआएको छ । नेकपा नेतृत्वको सरकारमा डेढ वर्ष सहकार्य गर्दा पनि संविधान संशोधनको लिखित प्रतिवद्धता कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीले नचाहेका कारण त्यो यात्रा टुङ्ग्याइएको उनले स्पष्ट पारे । यादवले संविधान संशोधनको माग पूरा नगर्ने नेकपा नेतृत्वको सरकारको हठ मूर्खता हो भन्दै सदन र सडकबाट बाध्य पारिने चेतावनी समेत दिए । सूचना विधेयक, विशेष सेवा ऐन विधेयक ल्याउने सरकारी तयारीप्रति टिप्पणी गर्दै यादवले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी नियन्त्रणको प्रयास भैरहेको आरोप लगाए । ’सरकारको कदम हेर्दा यो सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिन्छ ।’

यादव पार्टी १ नम्बर प्रदेश समितिले आयोजना गरेको २ दिने प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन गाइघाट आएका थिए । प्रशिक्षण आइतबार र सोमबार दुई दिनदम्म चलेको समाजवादी पार्टी प्रदेश नं १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

सम्बन्धित खवर