प्रियंका कार्कीलाई बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

प्रियंका कार्कीलाई बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

हालै थाइल्यान्डमा ब्याचलर पार्टी मनाएर फर्केकी नायिका प्रियंका कार्की अहिले फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् । उनको साथमा छन्, प्रस्तावित श्रीमान आयूष्मान देशराज जोशी ।

ला लिगा अन्तरगत बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न उनीहरु त्यहाँ पुगेका हुन् । विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको छ । ‘वि लभ नेपाल’ भन्दै उसले प्रियंकाको फोटो र भिडियो पोष्ट गरेको हो । यद्यपि, यो पोष्ट सिमित देशहरुमा मात्रै हेर्न सकिने बनाइएको छ । बार्सिलोनाले पोष्ट गरेको फोटोमा उनी क्याम्प नाउको रंगशालाभित्र मैदानछेउ एक युवतीका साथ देखिएकी छन् । सेतो पहिरनमा सजिएकी प्रियंकाले कालो ब्याग पनि बोकेकी छन् ।

प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत छोटो प्रतिक्रिया दिएकी थिइन् । २० सेकेन्डको भिडियोमा उनले अंग्रेजी र नेपालीमा बोलेकी छन् । ‘धेरै नेपाली यहाँ आउन चाहन्छन्, तर पाउँदैनन् । मैले सबैको लागि यो सपना बाँचिरहेको छु,’ उनले भनेकी छिन् ‘यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

अर्को भिडियोमा प्रियंकालाई खेलमा कति गोल हुन्छ भन्ने अनुमान गर्न लगाइएको छ । उनले फस्र्ट हाफमा दुई र सेकेन्ड हाफमा दुई गोल हुने भविष्यवाणी गरिन् । मध्यान्तरअघिको भविष्यवाणी मिल्यो तर मध्यान्तरपछिको मिलेन । बार्सिलोनाले २–१ को जीत हात पार्‍यो, जसमा दुवै गोल मध्यान्तरपूर्व गरिएका थिए  ।प्रियंकाले बार्सिलोनामा आफ्नो मनपर्ने खेलाडी मेस्सी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन ।’

प्रियंका आफ्नै खर्चमा बार्सिलोना पुगेकी भने होइनन् । बार्सिलोनाको भिडियो पोष्टमा ‘पेड पार्टरसिप’ लेखिएको छ । जसको अर्थ, उक्त भिडियो राख्न पैसा तिरिएको छ । तर, कसले उनलाई स्पोन्सर गरेको हो भन्ने खुलेको छैन । यसअघि उनको थाइल्यान्ड भ्रमणलाई खुकुरी रमले प्रायोजन गरेको थियो । प्रियंका र आयूष्मान कतार एयरवेजको बिमानबाट शनिबार बार्सिलोनातर्फ लागेका थिए । जाने क्रममा प्रियंकाले यो अवसर जुराइदिएको भन्दै ‘भाइबर’ लाई धन्यवाद दिएकी छन् ।

सम्बन्धित खवर