साइनो साचारदाता पथरी/ नेपालमा इन्टरनेट प्रयोगकर्ता एक करोड ६५ लाख भन्दा माथि पुगेका छन्। यो नेपालको कुल जनसंख्याको ५५ प्रतिशत भन्दा धेरै हो। पछिल्लो समय प्रविधिमा आएको विकास, सामाजिक सञ्जाल र घर घर सम्म पुगेकोे इन्टरनेटले मानिस आफु संग जोड्ने काम गरेको छ। त्यसैले आज विश्वको कुल जनसंख्याको ५१।२ प्रतिशत इन्टरनेटमा जोडिएका छन्।
नेपालमा आफु संग इन्टरनेट प्रयोग कर्ता मध्ये ४५. ५ प्रतिशत जनतालाई आफु संग जोड्न सफल भएको छ वल्र्ड लिंक कम्युनिकेशन लिमिटेड । वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडले जनताको घर घर सम्म इन्टरनेट सेवा पुर्याउन सफल रहेको हाल जारी तथ्याङकले देखाएको छ । नेपाल सरकारको नियमक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको इन्टरनेट प्रयोगकर्ता बढिरहेको तथ्याङक सार्वजनीक गरेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको इन्टरनेट प्रयोग कर्ताहरु मध्ये ४५.६ प्रतिशतले प्रयोग गरेको देखाएको छ । प्राधिकरणले सार्वजनिक गरेको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार वल्र्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको संख्या ३ लाख ३८ हजार बढी रहेको छ । इन्टरनेट प्रयोग कर्ता मध्ये नेपाल टेलिकमको इन्टरनेट २ लाख ३३ हजार २८९ ले प्रयोग गर्दै आएका छन ।
कुल इन्टरनेट जडान गर्ने ग्राहक संख्याको आधारमा नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले ४५ प्रतिशत बजार ओघटेको छ भने वल्र्डलिंक संग प्रतिस्पदा गर्दै आएको सुबिशुले १३.२ प्रतिशत मात्र बजार ओगटेको छ । इन्टरनेट प्रदायक कम्पनीले विदेशबाट लिने ब्यान्डविथमा पनि वल्र्डलिंक नै अगाडी देखिएको छ । उसले १३० जिबिपिएस ब्वान्डविथ लिने गरेको दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै नेपाल टेलिमकले ५० र एनसेलले २० जिविपिएस ब्यान्डविथ लिने गरेको पाईएको छ । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१६ यता वल्र्डलिंक कम्पनीको इन्टरनेट प्रयोग गर्नेको संख्या ह्वातै बढिरहेको देखाएको छ । प्राधिकरणको तथ्यांकमा नेपालमा हाल मोबाईलबाट इन्टरनेट चलाउनेको संख्या ९८ प्रतिशत र टेलिफोनबाट इन्टरनेट जडान गर्नेको संख्या मात्र २ प्रतिशत रहेको देखाएको छ ।
नेपालको कुना काप्चा सम्म वल्र्ड लिङ पुर्याउदै सबै जनताको पहुचमा इन्टरनेट पुर्याउने उदेश्यका साथ वल्र्ड लिङ गाँउ गाँउमा बिस्तार हुदै आएको छ । दक्ष र लगनसील कर्मचारीको कारण र जनताको चाहाना अनुरुप सेवा सुबिधा बिस्तार गरेका कारण वल्र्ड लिङकले आज यो स्थान पाएको वल्र्डलिंक कम्युनिकेशन लिमिटेड दमक शाखाका प्र्रमुख राजन तिम्सिनाले साइनाृ खवरलाई बताृनु भयो ।
आउदा दिनमा वल्र्डलिंकले आफ्ना ग्राहकको मागलाई मभ्यनजर गरि थप सेवा सुबिधाको योजनाहरु पनि बनाईरहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो । वल्र्डलिंकले मासिक रु १२५० देखिको प्याकेजमा आईपिटिभी, उच्च गतिको इन्टरनेट, नेपालका १० हजार ठाउँमा आफुले जडान गरेकै इन्टरनेट चलाउन सक्ने सुबिधाका साथ अन्य धेरै सुबिधाहरु आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
















