
साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा २ करोड ५० लाखको लगानीमा आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरेर खोलिएको एक होटलले सेवा आरम्भ गरेको छ ।
शुक्रबार होटल साल्पा एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले होटल रिबन काटेर उद्घाटन गरेका हुन् । संघका अध्यक्ष बस्नेतले भिजिट नेपाल २०२० लाई होटलले सहयोग पुर्याउने बताएका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको संगम स्थलमा रहेको साप्पा पोखरीको नाम खोलिएको होटलले गणुस्तरी सेवा प्रदान गरी ग्राहकले गुनगान गाउन सकोस् भन्दै नगरप्रमुख राईले शुभकामना व्यक्त गरेका छन् ।

होटल साप्पा प्रालिले होटल सञ्चालनमा ल्याएको हो । होटलमा खान र होटलमा एसि सहितका कोठा, सेमिनार हल, साँगीतिक कार्यक्रमको स्टेज, मौलिक परिकार वाचिपा, जोखेर मासु किनेर पोलेर खानेको व्यवस्थालगायत स्वदेश तथा विदेशी परिकारसमेत व्यवस्था रहेको साल्पाका मेनेजिङ डाइरेक्ट अशोक साम्पाङ राईले बताएका छन् । राई पथरी बाणिज्य संघका महासचिब समेत हुन् ।
















