नेवि संघको अध्यक्षमा सुनसरीका ढुंगाना चयन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

नेवि संघको अध्यक्षमा सुनसरीका ढुंगाना चयन

साइनो समाचारदाता

पथरी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद््यार्थी संघ (नेवि संघ) केन्द्रीय तदर्थ कार्य समितिको गठन करिब १ वर्ष पछि गरिएको छ । २०७५ फागुन १ गतेको निर्णय अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम नेवि संघको कार्य समितिलाई रिक्त गरेको थियो ।


पार्टी सभापति शेरबहादुर देउवाले राजिव ढुंगाना (सुनसरी)लाई अध्यक्षमा, मनोज बैद्य (काठमाण्डौं) र महेश्वरी कुँवर (पाल्पा)लाई महामन्त्रीमा गठन गरेका हुन् । तदर्थ कार्यसमितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । महाधिबेशनको जिम्मेवारी पाएका अध्यक्ष र महामन्त्रीद्वयले उम्मेदवार हुन पाउनेछैन । तदर्थ समितिले आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउनेभएका छन् । यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन मुख्य सचिब कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने माघ १६ गते प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खवर