साइनो समाचारदाता
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बुधबार भएको क्रिकेट प्रतियोगिताको उपाधि कोशी मल्टीपल क्याम्पसले रक्षा गरेको छ ।

ग्रिनल्याण्ड कलेजको चुनौतीलाई ३३ रनले पन्छ्याउँदै कोशी मल्टीपल क्याम्पसले पहिलो पटक उपाधि जितेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशीकालागि म्यान अफ द फाइनल सोनु मण्डलले ३५ रन, निरज यादवले २३ रन र कालीचरण यादवले १४ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रसान्त सिंह र मनोज यादवले समान २–२ विकेट लिँदा सुवास यादव र गुम्ताले १–१ विकेट लिए ।
१ सय १८ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित ओभरमै ८ विकेट गुमाई ८४ रनमा सिमित भयो । ग्रिल्याण्डका साकिव हकले १६ बनाउँदा राहुल गुप्ताले १३ रन बनाए । कोशीका श्रवण किस्कु , सुवास यादव र विशाल मण्डलले समान २–२ विकेट लिँदा उदयशंकर यादवले १ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि पथरी एभरेष्टका आकाश खत्री घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान कोशी क्याम्पसका सोनु मण्डल हुँदा उत्कृष्ट बलर कोशीकै सुवास यादव घोषित भए ।
















