मृत हरिण बोकेर १ घण्टा हिड्यो ईलाका प्रहरीको गाडि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मृत हरिण बोकेर १ घण्टा हिड्यो ईलाका प्रहरीको गाडि

साइनो समचारदाता पथरी/ मोरङको कानेपोखरी पथरी सडक खण्डमा जंगलि जनावरहरु यातायातको ठक्करहरुबाट मर्ने गरेका छन । माघ १४ गते राति ७ बजेको समयमा एउटा हरिण मृत फेला परेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनिल पौडे्लले बताए ।
कानेपोखरीको सेक्टर वन कार्यलय नजिकै महेन्द्र राजमार्गबाट ईलाका प्रहरी कार्यलय पथरीको भ्यानले उठाएर पश्चिम तर्फ लगेको एक प्रत्यक्षदर्शीले बताए । उनले भने हरिण मरेको हो वा प्रहरीको भ्यानले ठक्कर दिएको हो रातको समय भएकाले ठ्याक्कै ठम्याउन सकिएन तर प्रहरीले हतारहतार गरेर भ्यानमा हालि वन कार्यलयलाई नबुझाई सिधै लग्यो ।


१ घण्टा ईलाका प्रहरी कार्यलयको मे १ झ ११६ नम्वरको सेतो भ्यानमा हरिण भएको थाहाँ भए पछि सेक्टर वन कार्यलय कानेपोखरी र इलाका प्रहरी कार्यलय पथरीको संचार शाखामा बुझदा कुनै आधिकारीक सुचना नआएको बताए ।
१ घण्टा पछाडी प्रहरी निरिक्षक अनिल पौडे्ललाई बुझदा डिउटीमा रहेको बेला मृत अवस्थामा सडकमा हरिण फेला परेको बताए । डिउटीमा रहेकाले र्फकदा उक्त हरिण कानेपोखरी वन कार्यलयमा बुझाउने पौडे्लले बताए ।
बेलुका ७ बजेको समयमा उक्त घटना घटे पनि प्रहरीले १ घण्टा भन्दा बढि सम्म उक्त हरिण भ्यानमा हालेर राखेको थियो । घटना घटेको लामो समय सम्म प्रहरीले त्यसरी हरिण लिएर हिड्नु गलत नियत रहेको सेक्टर वन कार्यलय कानेपोखरीका प्रमुख तुलसी यादवले बताए । उनले भने यदि हरिण मृत अवस्थामा थियो भने प्रहरीले पहिले नै वन कार्यलयलाई सम्पर्क गर्नु पर्थियो र घटना स्थलको मुचुल्का उठाएर मात्र हरिण उठाउनु पर्ने यादवको भनाई छ । करिव ८ बजेर ३० मिनेट तिर प्रहरीले बुझाएको हरिण गर्भेणी रहेको र भोलि पल्ट मुचुल्का उठाएर पुरिएको यादवले बताए ।
यस्ता घटना यस क्षेत्रमा धेरै घटने गरे पनि कुनै सवारी र कोहि पनि कावाहीको दायरामा पर्ने गरेका छैन्न । ठाँउ ठाँउमा रहेका वन कार्यलय र प्रहरीले पनि जंगली जनावरको सुरक्ष त के कार्वाहिको दायरामा समेत ल्याउन सकेका छैन्न । सडकमा यातायातले जंगलि जनावरहरुलाई ठक्कर दिए पनि जनावरहरु गायब हुने गरेको वनका कर्मचारीको भनाई छ । यस्ता घटना हल्लिखल्ली भए वन कार्यलयमा आउने र नत्र बाहिरनै सकिन्ने गरेको कर्मचारीहरु बताउछन ।

सम्बन्धित खवर