साइनो समाचारदाता
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा फुटबलमा फुटबलमा रेड स्टार र कान्तिपुर सेमीफाइनलमा पुगेको छ ।
हिजो भएको फुटबलमा पथरीको रेड स्टारले विराटनगरको मेरिल्याण्डलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णय गोल डिम्पल लिम्बसले गरे । लिम्बु खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
दोस्रोे खेलमा कान्पिुर कलेजले अर्किड कलेजलाई पेनाल्टीसुट आउटमा ३– १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको नियर्ण पेनाल्टी सुटआटबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तीपुरका सुदिपकुमार चौधरी घोषित भए ।

















