
साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ ।
नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष ०७४÷७५ मा २० जना नयाँ कुष्ठरोगी, आर्थिक वर्ष ०७५÷७६ मा ७ जना नयाँ कुष्ठरोगी र आर्थिक वर्ष ०७६÷७७ को हालसम्म १ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो वर्षको कुष्ठरोगको नारा ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ रहेको छ ।
















