साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे ७ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । नगरपालिका कार्यालयको संयोजनमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजित तालिमको नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरिन् ।

महिलाहरु उद्यमी भएर अघि बढ्न आव्हान गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वास्तोलाले आश्वासन दिइन् । वडा नम्बर ७ का वडाध्यक्ष कपिलमणि ढकालले पनि वडामा उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताए । ८ दिने तालिममा ४, ६, ७ सहितका वडाका ५० जनाको सहभागिता रहेको छ । सुलोचना तामाङ र अरुणा राईले तालिमको सहजिकरण गर्ने बताइएको छ ।
















