साइनो समाचारदाता
पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे, मोरङले बाँसबाट निर्माण गरिने हस्तकलाका सामग्री र वायरिङ सम्वन्धी तालिम सुरु गरेको छ ।

तालिकमको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख वास्तोलाले नगरमा उद्यमशीलताको विकास हुँदै गएकोमा खुसी व्यक्त गरिन् । समूहले गरिवी निवारण कार्यक्रम अन्तर्गत विपन्न वर्गको जिविकोपार्जनका लागि आफ्ना सदस्यका लागि २ महिने तालिमको आयोजना गरेको अध्यक्ष काबुलबहादुर मगर विकासले जनाए । हस्तकलाका लागि पूर्णकुमार राई र मन्दिप विश्वकर्मा तथा वायरिङका लागि नारायण अधिकारीले सहजिकरण गर्ने बनले जनाएको छ ।
















