आठौं हिसान स्पोर्ट्स मिट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

आठौं हिसान स्पोर्ट्स मिट

साइनो समाचारदाता

विराटनगर । आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत सोमतबार भएको खेलमा क्रिकेटमा कोशी मल्टीपल र ग्रिनल्याण्ड, फुटबलमा अर्किड र कोशी तथा बास्केटबलमा विकेभिएम र ब्राइट फ्यूचर विजयी कलेज विजयी भएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले भएको क्रिकेटमा कोशी मल्टीपल र ग्रिनल्याण्ड कलेजले जित हात पादै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले मेरिल्याण्ड कलेजलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । कोशीकालागि निरज यादवले ४६ रन कालीचरण यादवले २५ रन तथा सोनु मण्डलले १८ रनको योगदान दिए । मेरिल्याण्डका सुविज्ञ पाण्डे र विवेक मेहताले २–२ विकेट लिए ।

१ सय २६ रनको लक्ष्य पछ्याएको मेरिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय १४ रनमा सिमित भयो । मेरिल्याण्डका साकिव हकले ३२ बनाउँदा सक्षम कार्कीले ३० रन बनाए । कोशीका म्यान अफ द म्याच श्रवण किस्कुले ३ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजलाई ५ विकेटले पराजित गर्दै ग्रिनल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ७० रनको सामान्य योगफल तयार पारेको थियो । एभरेष्टकालागि आकाश खत्रीले १७ रन र प्रविन लामिछानेले १५ रन बनाए । ग्रिनल्याण्डका म्यान अफ द म्याच राहुल गुप्ताले ४ विकेट लिँदा निराजन निरौला र ज्योतिष यादवले २–२ विकेट लिए ।

७१ रनको समान्य लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १० ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष पार गरेको छ । ग्रिनल्याण्डा सुवास यादव नटआउट १५ रन बनाए । एभरेष्टका आकाश खत्रीले ३ विकेट लिए ।

बास्केट बलमा विकेभिएम र व्राइट प्mयुचर विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा विकेभिएमले अरनिको कलेजलाई २५–१९ अंकले पराजित गर्दै फाइनलमा पुगेको छ भने दोस्रो खेलमा सुन्दर हरैचाको ब्राइट प्mयूचर कलेजले सेन्टजोसेफ कलेजलाई ४०–९ अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

फुटबलमा मेरिल्याण्ड, अर्किड र कोशी मल्टीपल क्याम्पस विजयी प्रवेश गरेका छन् । पहिलो खेलमा अर्किड कलेजले सगरमाथा कलेजलाई ५–१ गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अर्किडका म्यान अफ द म्याच रितीकबहादुर मगरले ह्याट्रिकसहित ४ गोल र झमक मगरले १ गरे । यता सगरमाथाका अच्यूत अधिकारीले १ गोल फर्काए ।

दोस्रोे खेलमा कोशी मल्टीपल कलेजले एभरेष्ट कलेज पथरीलाई २– ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कोशीका अविशेक श्रेष्ठ र रविन राईले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच कोशीका नवराज तामाङ घोषित भए ।


भलीबल छात्रातर्फ पहिलो खेलमा लर्डबुद्ध कलेजले सगरमाथा कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा भने मेरिल्याण्ड कलेजले कान्तीपुर कलेजलाई २–० को सोझो सेटले पराजित गर्यो । तेस्रो खेलमा एभरेष्ट कलेज अरनिको कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा चौथो खेलमा कोशी मल्टीपल कलेजले अर्किड कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

त्यस्तै छात्रतर्फ पहिलो खेलमा लर्डबुद्ध कलेजले रेड स्टार कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा भने कान्तीपुर कलेजले ग्रिनल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्यो । तेस्रो खेलमा मेरिल्याण्डले एभरेष्ट कलेज पथरीलाई २–० को सोझो सेटले पराजित गर्दा चौथो खेलमा कोशी मल्टीपल कलेजले सिर्जना कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

सम्बन्धित खवर