राजेश कुमार राजवंशी
विराटनगर । विराट राजवंशी समाज उत्थान केन्द्रीय समितिले १३ औं बृहत भेलाको तयारी थालेको छ ।

उत्थान समितिले बृहत भेलालाई सफल बनाउन विभिन्न समितिहरु गठन गरेको छ । मूल समितिको संयोजकमा कुशेश्वर राजवंशी, आर्थिक संयोजकमा सत्यनारायण राजवंशी, सञ्चार संयोजकमा राजेश कुमार राजवंशी ,स्वयंसेवक संयोजकमा सेवक राजवंशी, मञ्च ब्यबस्थापन संयोजकमा लक्ष्मीकान्त बिश्वास राजवंशी, स्वागत सम्मान संयोजकमा योगिता कुमारी राजवंशी, साँस्कृतिक तथा झाँकी ब्यवस्थापन संयोजकमा शिव कुमारी राजवंशीलाई जिम्मेवारी दिइएको छ । प्रत्येक वर्ष फागुन ६ गते हुने बृहत भेलामा जातीय रितिरिवाज झल्कने झाँकीहरु, पहिचानलाई जोगाउन जातीय पोशाक लगायतको प्रदर्शन समेत हुने बताइएको छ । समाजका अगुवाहरु शिक्षक, कर्मचारी, बुद्धिजीवी, पत्रकार, किसान, विद्यार्थी, युवायुवतीलगायत बृहत भेलामा सहभागी हुन समितिको अध्यक्ष भुवनेस्वर मन्डल राजवंशीले आग्रह गरेका छन् ।
















