
साइनो समाचारदाता
बिराटनगर । युवा जागरण संघ नेपालले १ सय ५० जनालाई बुदेशवरी मावि जहदा १ मोरङमा कम्बल बितरण गरेको छ । आर्थिकरुपमा विपन्न र असाहय व्यक्तिहरूलाई बितरण गरेको हो ।

विभिन्न दाताहरूको सहयोगमा चिसोबाट बाच्नका लागि आर्थिक रुपमा विपन्नलाई कपडा वितरण गरिएको जागरण नेपालका अध्यक्ष भोला यादवले वताए । कार्यक्रममा प्रमुख अतिथि प्रकाश अग्रवाल, नेपाली काँग्रेस जिल्ला सदस्य राजेस गुप्ता, समाजवादी पार्टीका जहदा गाउँपालिकाका १ अध्यक्ष मनोज यादवलगायतले कम्बल वितरण कार्यक्रमको प्रशंसाले गरेका थिए ।
















