प्रदेश १ को तीन जिल्लामा हात्ती पाइलेविरुद्धको औषधि खुवाइदै(के हो हात्तीपाइले ?) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश १ को तीन जिल्लामा हात्ती पाइलेविरुद्धको औषधि खुवाइदै(के हो हात्तीपाइले ?)

साइनो समाचारदाता

पथरी । प्रदेश १ को मोरङ, धनकुटा र झापामा एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औसधि खुवाइदैछ । हात्तीपाइले रोगविरुद्ध आम औसधि सेवन कार्यक्रम अन्तरगत औसधि माघ २५ गतेदेखि खुवाउन लागेको हो । प्रदेश १ को अन्य ११ जिल्लामा हात्तीपाइले रोग निवारण भएकाले सो अभियान सञ्चालन हुनेछैन ।

शुक्रबार मोरङको पथरी शनिश्चरे नगरपालिकामा भने पालिकाको स्वास्थ्य शाखाले नगरस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । माघ २५ देखि खुवाइने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघ संस्था, पत्रकार सहितसँगको आजको गोष्ठीमार्फत योजना तर्जुमा समेत गरिएको छ । गोष्ठीमा हात्तीपाइलेको रोगको बारेमा पथरी नगर अस्पतालका मेडिकल अधिकृत डा.सावन मेहत्ता, स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले जानकारी गराएका थिए । नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईले हात्तीपाइले रोगबाट छुट्कारा पाउन नगरवासीले हात्तीपाइले रोग विरुद्धको औसधि सेवन गर्न नगरवासीलाई अनुरोध गरेका छन् । नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ । १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।

के हो हात्तीपाइले ?

हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको परजीवीबाट यो रोग लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने एउटा प्रकारको परजीवीको सङ्क्रमणबाटै हुने गरेको पाइएको छ ।

जोखिममा को ?

यो रोग जुनसुकै उमेरका जोसुकैलाई पनि हुन सक्छ । लामखुट्टेको टोकाइबाट रोग सर्ने भएकाले केटाकेटी नै बढी जोखिममा हुन्छन् । तर केटाकेटी अवस्थामा सङ्क्रमण भएको रोगको लक्षण भने जवान (वयस्क) भएपछि मात्र देखिन सक्छ ।

लक्षण

तत्काल देखिने
जाडो महसुस हुनु, ज्वरो आउनु र शरीर कम्पन हुनु ।
लिम्फ नली सुन्निनु, रातो भएर दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गीर्खा बढ्नु, दुख्नु ।
पुरुषको अण्डकोष वरपरका नसा फुल्नु–दुख्नु ।

उपचार नभएपछि

सङ्क्रमणबारे थाहा नभएर समयमा उपचार नहुँदा अण्डकोष ठूलो हुन्छ, दुख्न थाल्छ, गिर्खा भेटिन्छ र अण्डकोष वरिपरि पानी भरिन्छ ।
महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने–दुख्ने गर्छ ।
गोडा सुन्निएर हात्तीको पाइलाजस्तो हुन्छ ।
हात सुन्निन थाल्छ, पिसाब सेतो वा रातो आउँछ ।
सुक्खा खोकी लागिरहन्छ, दम बढ्छ र रगतमा इयोसिनोफिलको मात्रा बढ्छ ।
रोगी अशक्त हुँदै जान्छ र दीर्घकालमा अपाङ्गसमेत हुने खतरा रहन्छ ।

कस्तो हुन्छ औषधि ?

हात्तीपाइले विरुद्ध दुई प्रकारका औषधि खुवाइन्छ ।
डिइसी चक्की
डिइसी (डाइइथाइलकार्बामाजिन) चक्की विश्वमा ६० वर्षअघिदेखि हात्तीपाइले रोगको उपचारार्थ प्रयोगमा आइरहेको औषधि हो ।

अलबेन्डाजोल चक्की
यो पनि २५ वर्षअघिदेखि पेट र आन्द्रामा हुने विभिन्न खालका जुकाका लागि प्रयोगमा आइरहेको औषधि हो ।

कसले नखाने

दुई वर्ष नपुगेका केटाकेटी ।
गर्भवती र ७ दिनसम्मका सुत्केरी ।
ओछ्यानमा थला परेका अशक्त ।
क्यान्सर, मुटु, कलेजो, मिर्गाैला, फोक्सोलगायतका दीर्घरोगी ।
कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिका ।
छारेरोगका बिरामी ।
अन्य लक्षण÷यस्तो पनि
हात्तीपाइलेको औषधि सेवनपछि कसैलाई सामान्य टाउको दुख्न सक्छ ।
पेट दुख्ने वा पखाला लाग्ने पनि हुन सक्छ ।
शरीरमा फाइलेरिया परजीवी भएकालाई औषधिले त्यस्ता परजीवी मार्न थालेपछि ज्वरो आउन सक्छ ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट फुल्नेजस्ता लक्षण देखिन सक्छन् ।
यस्ता असर एक–दुई दिनमा स्वतः ठीक हुन्छन् ।
यी असर देखिनुको अर्थ हुन्छ– शरीरमा परजीवी नष्ट हँुदै छ ।
धेरै नै असर निम्तिए चिकित्सकको सल्लाह लिनुपर्छ ।
खाली पेटमा औषधि खानु हुँदैन ।

सम्बन्धित खवर