अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी

साइनो समाचारदाता

विराटनगर । आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत विहिबार भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेका प्रतियोगिताको विहीबार भएको खेलमा क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ । पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३३ रनको विशाल योगफल तयार पारेको थियो । अर्किडकालागि मारहतराज अर्यालले ३१ रनमा अविजित हुँदा म्यान अफ द म्याच सुरेन्द्र मण्डल १८ रनमा अविजित रहे । विकेभिएमका विष्णुनारायण यादवले २ विकेट लिए ।

१ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभरमा ५ विकेट गुमाई ८५ रन मात्र बनाउन सक्यो । विकेभिएमका अमन यादवले अविजित १९ र लिसान कार्कीले अविजित १६ रन रहे । अर्किडका महमद अकवर र आशुतोष डोटेलले २–२ विकेट र सुरेन्द्र मण्डलले १ विकेट लिए । त्यसैगरि दोस्रो खेलमा सृजना कलेजले नेशनलक लेजलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजनाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । सृजनाकालागि म्यान अफ द म्याच शिवराज खवासले ५६ रन जोड्दा अनिल खत्रीले ३० रन जोडे । नेशनलकाका अजय महतोले ३ विकेट लिए । १ सय ५१ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० बनायो । नेशनलका कृष्ण मण्डलले सर्वाधिक ५० रनको योगदना दिए । सृजनाका पवन साहले ४ विकेट लिँदा शिवराज खवासले ३ विकेट लिए ।

फुटबलमा मेरील्याण्ड कलेज , रेड स्टार कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् । पहिलो खेलमा मेरील्याण्ड कलेजले अर्किड कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल मेरील्याण्डका म्यान अफ द म्याच नारायण खडकाले गरे ।
दोस्रोे खेलमा पथरीको रेड स्टार कलेजले कोवास कलेजलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका विनायक लिम्बु र नेमसंङ लिम्बुले १–१ गोल गरे । तेस्रोे खेलमा लर्डबुद्ध कलेजले नेपाल दर्शन कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल लर्डबुद्धका म्यान अफ द म्याच आदेश थापाले गरे ।

सम्बन्धित खवर