साइनो समाचारदाता
विराटनगर । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ९८ प्रतिशतले मतदान गरेका छन् भने २ प्रतिशतले मतदाताले मतदान गरेनन् । मतदान विहान १० वजेदेखि सुरु भएर दिउसो ४ वजेसम्म मतदानको समय तोकिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न जनाएका छन् । अहिले मतपेटिका संकलन भइरहेको बताउँदै श्रेष्ठले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरेपछि मतगणना सुरु गरिने बताए । उनले अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ जनाए ।

डोटीमा राष्ट्रियसभा निर्वाचनमा दुई सय २७ जनाले मतदान गरेका छन। सुदूरपश्चिम प्रदेशमा कुल दुई सय २९ जना मध्य दुईले मात्र मतदान गरेनन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ मा भएको मतदानमा ३०३ मत खसेको छ।
कूल सदस्य मध्ये १८ पदका लागि निर्वाचन भएको थियो ।
चुनाबमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेको जनाए ।
















