साइनो समाचारदाता
पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समिति पथरी शनिश्चरे मोरङले परिचय पत्र वितरण तथा सुकुम्बासीहरुसँग कुनै रकम नअसुलेको बताएको छ ।
बुधबार समितिका अध्यक्ष जहरमान लिम्बु र सचिब देबेन्द्र वनेमले विज्ञप्ती जारी गर्दै नगरबासीलाई सो विषयमा जानकारी गराएको हो । विज्ञप्तीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सुकुम्बासी परिचय पत्र वितरण गर्दै रकम असुल्दै गरेको आरोप लगाएको छ । मौसम लिम्बु नेतृत्वको संघर्ष समितिले सल्लाहकार संयोजकमा जहरमान लिम्बु राखेका सूचना आएकाले सो सत्य नभएको प्रष्टाएको छ । नगरमा पछिल्लोपटक दुई समिति क्रियाशिल भएपछि आरोप प्रत्यारोप गर्दै आएको छ ।

















