साइनो समाचारदाता
पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समिति पथरी शनिश्चरे, मोरङले सुकुम्बासी को तथ्याङ्क संकलन गर्न थालेको छ ।

समितिका अध्यक्ष मौसम लिम्बुका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको तथ्याङ्क संकलन तथा परिचय पत्र वितरण कार्य सुरु गरेको हो । पथरी शनिश्चरे नगरपालिका १० नम्बर वडा कार्यालयका अध्यक्ष सागर राईले सुकुम्बासीको तथ्याङ्क संकलन गर्न सिफारिस पत्र प्रदान गरेका छन् ।
समितिका अध्यक्ष लिम्बुले नगरको तथ्याङ्क संकलन गरेर नगरपालिकाको कार्यालयलाई बुझाउने बताएका छन् ।
















