साइनो समाचारदाता
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज, उपसभामुखले राजिनामा दिन तीन पटकसम्म स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । यसअघि पुस ११, १६ र २७ गते बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित गर्दै आएको हो ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ । हिजो सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार अग्नि सापकोटालाई बनाउने टुंगो लगाएसँगै बैठक बस्ने निश्चित भएको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको छ । उनी नेकपाका स्थायी कमिटी सदस्य अग्नी सापकोटा समेत हुन् ।
आजै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वा्चित डा. शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा दिने नेकपाले जनाएको छ ।
















