पथरीशनिश्चरेमा सुकुम्बासी समुह फुट्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

पथरीशनिश्चरेमा सुकुम्बासी समुह फुट्यो

पथरीशनिश्चरेमा सुकुम्बासी समुह फुट्यो
आफ्नै हातबाट धनिपुर्जा दिने उपमेयरको भनाई,
सुकुम्बासीबाट उठाएको पैसा फिर्तागर्न अको समिती गठन

साइनो समाचारदाता पथरी/ नेकपा नेतृत्वको सरकारले अव्यावस्थीत वसोवास र सुुकुम्वासी समस्या समाधान गर्नेमा ढुक्क हुन सुकुम्बासीहरुलाई आस्वशन दिएको छ । शनिवार पथरीशनिश्चरेमा सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधान पहल नगर समितीले आयोजना गरेको सभामा वक्ताहरुले वोल्दै सुकुम्बासीको नाममा हुदै गरेको अबैधानिक कार्यक्रमका पछि नलाग्न अनुरोध गरेका छन ।


यता सोहि समयमा २ सय मिटरको दुरिमा पिडित सुकुम्बासीहरुले समान्नतर समिती गठन गरेका छन । पथरीशनिश्चरेमा माघ ४ गते जहरमान लिम्बु नेत्रित्वको सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधान पहल नगर समितीको समुहले आम सभा गरिहदा त्यहि समुहबाट फुटेको अर्को सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले सुकुम्बासीहरुको भेला गरि मुल समिति गठन गरेको छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले पैष २६ गते शनिवार चरणबद्ध आन्दोलनको कार्यक्रम घोषण गरेको थियो । साझा संघर्ष समितिले स्थानिय तहको चाकरी गर्दै सुकुम्बासीको हित बिपरित कार्य गरेको भन्दै खवदारी तथा ध्यानाकर्षण कार्यक्रम गरेको थियो । पिडित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले बिभिन्न बहानामा आयोग गठन गरेर उठाएको पैसा फिर्ता माग गर्ने र सुकुम्बासीको पहिचान गरि परिचयपत्र बितरण गर्दै तथ्याङ संकलन गर्ने घोषण गरेको थियो ।
यता सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधान पहल नगर समितीले माघ ४ गते शनिवार मौसम लिम्बुको समितिले सुकुम्बासीलाई र्भम छरेको भन्दै आफ्नो समितिले गरेका कार्य प्रस्तुत गरेको थियो । सोहि कार्यक्रममा बोल्दै बक्ताहरुले सुकुम्वासी समस्या समाधान गर्न पहल थालेको र त्यसमा ढुक्क हुुन सरोकारवालालाई उनीहरुले आग्रह गरेका छन । उक्त कार्यक्रममा वोल्दै पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलाले यहि सरकारले जग्गा धनिपुर्जा दिने र स्थानिय सरकारले नै सुकुम्वासीलाई जग्गाधनि वनाउने वताइन् । उनले भनिन ‘धनिपुर्जा ललिपप वाडेजस्तो होइन् यसका लागी सरकारले प्रक्रिया थालेको छ’। उनले भनिन ‘यहि सरकारले धनिपुर्जा वाड्ने काम गर्छ’।


सोहि कार्यक्रममा वोल्दै पहल समितीका अध्यक्ष जहरमान लिम्वुले नेपाल सरकारका भुमिसुधार मन्त्री पद्यमा अर्याल र कानुन मन्त्री भानुभक्त ढकालले समेत जोतभोगकै आधारमा जग्गाधनी पुर्जा दिने तयारी गरेको आश्वासन दिएकाले सुकुम्वासीका नाममा थप राजनिती नगर्न सुझाए । उनको आग्रह थियो ‘यहाँ सुकुम्वासीका नाममा सुकुम्वासी परिचयपत्र दिइने भन्दै पैसा उठाइदैछ यो के का लागी ’। उनले भने ‘पैसा उठाएर कसैले जग्गा धनिपुर्जा पाउदैन् ।’
जोतभोगका आधारमै जग्गा धनिपुर्जा माग गर्दै पथरीमा मौसम लिम्वु नेतृत्वको समुहले चरणवद्ध आन्दोलनको घोषणा गरे पछि जहरमान लिम्वु नेतृत्वको समितीले पहिलो पटक आम सभा आयोजना गरेको हो । लिम्वु नेतृत्वको समितीमा नगरका १४ जना सदस्य रहेका छन् । मौसम लिम्वु नेतृत्वको समितीले सुकुम्वासी परिचय पत्र वितरण थालेको शनिवारको सभामा वोल्ने वक्ताहरुको आक्रोश थियो । सोहि कार्यक्रममा नेकपा मोरङ्गका जिल्ला सदस्य टंक भण्डारी समितीका सचिव देवेन्द वनेम लगायतले वोलेक थिए ।
उनीहरुले हालका कानुन मन्त्री भानुभक्त ढकालकै पहलमा सुकुम्वासीले पुर्जा पाउने समेत जिकीर गरेका थिए । उनीहरुले भोग अधिकार सहितको सरकारले आयोग गठन गर्ने र त्यहि आयोगले सुकुम्वासीलाई पुर्जा वाडनेमा आशा राखेका छन ।
यता पिडित साझा संघर्ष समुहका संयोजक मौषम लिम्बुले भने “उक्त समितिले बिभिन्न बहानामा आयोग गठन गर्दै ५ सयका दरले ३÷३ पटक उठाएको रकमको हाम्रो समुहले माग गरेका कारण हामीलाई राजनिती गरेको अरोप लगाएका हुन । उनले थपे सरकारको गुलामी गर्दै जोत भोग्को आधारमा नभैई ६०÷४० को कुरा गर्दै सुकुम्बासीलाई उक्त समितिले अन्याय गरेको बताए” । लगभग ७५ प्रतिसत (३० हजार) घर धुरी रहेका सुकुम्बासीलाई ७ हजार घर धुरी भन्दै सहि सुकुम्बासीलाई तर्साउन खोजेको समेत मौषम लिम्बुले बताए ।

सम्बन्धित खवर