साइनो समाचारदाता पथरी/ नेपाल जेसीज २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरलाई गृह नगर पथरीशनिश्चरे नगरपालिकामा सम्मान गरिएको छ । शंकरलाई ‘अशोक शंकर जिताऔं सहयोग समिति’को आयोजनामा बिभिन्न ९ ओटा संघ संस्थाले सम्मान गरिएको हो ।

पथरीशनिश्चरेको गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नं. १, पञ्चाय मा वि, शान्ति सामुदायिक वन, पथरी बहुमुखी क्याम्पस, हेलो पथरी ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेकपा पथरी शनिश्चरे १ नं. वडा कमिटी, लायन्स क्लब अफ पथरी शनिश्चरे, पथरी शनिश्चरे सुनचाँदी ब्यबसायि संघ, फिटनेश क्लब पथरी र डास मोरङगि सामुदायिक वनले सम्मान गरेको छ ।


कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख दिलिप कुमार राईले नगर र देशका युवाको क्षमता अभिबृदी गर्दै पथरीशनिश्चरेको पर्यटन प्रबद्धनमा जोड दिन आग्रह गर्नु भयो ।
सम्मान गहण गर्दै राष्ट्रिय अध्यक्ष शंकरले जेसिज भनेको सिक्ने थलो रहेको बताउदै २०२० देखि समाजमा द्धन्द सृजनागर्ने युवा नहुने वाइट टि सट क्याम्पीङको सुरुवाती गर्ने बताए ।
यस्तै कार्यक्रमका सभाध्यक्ष अशोक शंकर जिताऔं अभियानका संयोजक अजुर््न कुमार बुढाथोकीले सहयोग समितीले आफ्नो जेम्मेवारी पुरा गरे भै आफ्नो कार्यकालमा लक्क्ष पुरा गर्न सुझाप दिदै सफल्ताको कामना गर्नु भयो ।





















