साइनो समाचारदाता पथरी\ मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्डको सहयोगमा वर्क फर नेपालका नामक संस्थाले १५ लाख बढीको अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ ।

शुक्रबार नगर अस्पतालमा एक कार्यक्रमका बिच वर्क फर नेपाल र हेल्पिङ हेण्डले नगर प्रमुख दिलिप कुमार राई र अस्पताल इन्चार्ज सावन कुमार मेहेतालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । हाइ केयर विरामी उपचारका लागि अमेरिकन प्रबृतीका इलेक्ट्रीकबेड, अत्याधुनिक डेलिभरी बेड, अत्याधुनिक विरामी जाँच टेवल, एम्वुलेटरी केयर बेड लगाएत अन्य स्वास्थ्य सामाग्री अस्पतालले प्राप्त गरको छ ।
हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर अस्पतालमा उक्त सामाग्री आउन सहयोगी भुमिका खेल्ने नगर स्वास्थ संयोजक मुरारी आचार्यको प्रसंसा गर्दै नगर अस्पतालले उक्त सामाग्रीको सहि सदुपयोग गरे र पुर्ण आवस्यक ठाने संस्थाले आउदा दिनमा थप सहयोग गर्न बताए ।

सो अवसरमा बोल्दै नगर प्रमुख राईले नगर अस्पताललाई संघ संस्थाहरुले सहयोग पुर्याएको प्रति खुसी व्यक्त गर्नुभयो । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेका छन भने ५० सैयाको अस्पता स्वकृती भए अझै १३ कठ्ठा थप जग्गा दान गर्ने जग्गा दाता संयोजक बाबुराम राईले बताउनु भयो । ५० सैयाको अस्पताका लागि जग्गादाता तयार रहे पनि अस्पताल स्वकृती हुने नहुने अन्योल रहेकाले जग्गा दाता दोधारमा रहेका छन ।
कार्यक्रममा सहयोगीदाता हेल्पिङ हेण्ड र वर्कफर नेपाललाई नगरकातर्फबाट नगर प्रमुर राई र अस्पता अध्यक्ष तथा वडाध्यक्ष याम प्रसाद गुरगाईले सम्मानपत्रले सम्मानित गर्नु भएको थियो ।


















